भगवान चित्रगुप्त हातको पुजित कलम डाक बडाबढमा बिक्री

राजविराज । चित्रगुप्त सेवा समिती राजविराजले विगत ४० वर्षदेखि भगवान चित्रगुप्तको हातमा रहेको कलम डाक बढाबढ प्रक्रिया द्वारा बिक्री गर्ने परम्परालाई यस पल्ट पनि निरन्तरता दिएको छ ।

विहीवार साँझ राजविराजस्थित चित्रगुप्त मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रकृयाबाट भगवान चित्रगुप्त हातको पुजित कलम बिक्री गरेको हो । राजविराज नगरपालिका २ का व्यवसायी मनोज कुमार लालकर्णले सर्वाधिक १ लाख ५ सय ५५ रुपैयाको बोली लगाएर उक्त कलम खरिद गरेका हुन । कलमजीबीका रुपमा स्थापित कायस्थ समुदायले आफ्ना बशंपिता भगवान चित्रगुप्त र कलम दुबैको पूजा गर्ने र प्रत्येक वर्ष यमपञ्चकको तेश्रो दिन उक्त कलम डाक बढाबढ प्रकृयाद्वारा बिक्री गर्ने गरेको समितिका अध्यक्ष विमल कुमार कर्णले बताए ।

कलम बिक्रिबाट प्राप्त रकम मन्दिरको व्यवस्थापन, जातिय संस्थाको उत्थान, चित्राँश समाजका विद्यार्थीलाई प्रोत्साहन, छात्रबृत्ति र समाजिक कार्यमा खर्चिने गरेको उनको भनाई छ । कार्यक्रममा विद्यालय स्तरमा दिईने छात्रवृत्ति रकम यस पल्ट राहुल लाल, अनिकेत दास, कृतिका कर्ण, अमन मल्लिक, दिपिका कर्ण तथा उच्च शिक्षा तर्फ भुमिका कर्ण, ज्योती कर्ण, स्नेहा दत्त, आयुष कर्ण र नन्दिती दत्तलाई प्रदान गरिएको छ ।

समितीका सचिव धु्रव कुमार स्वर्णकारले भगवान चित्रगुप्तका लागी १ थान चाँदीको मुकुट प्रदान गरेको समितिका सल्लाहकार सतिष दत्तले जानकारी दिए । यसै अवसरमा शुक्रवार चित्राँश समुदायका विद्यार्थीहरुलाई सहभागी गराई हाजीरी जवाफ प्रतियोगिताको समेत आयोजना गरीएको चित्रगुप्त सेवा समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई