बाबुल गिरीविरुद्ध नितु पौडेलको परिवारले दियो प्रहरीमा जाहेरी

काठमाडौँ । गायिका नितु पौडेलको परिवारले संगीतकार तथा गायक बाबुल गिरीविरुद्ध जाहेरी दिएको छ ।

गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो । मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो । गिरी र पौडेल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की