काठमाडौं । भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित भएको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।
यो जितपछि इरानले ६ अङ्क बनाउदै तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको छ । यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल सोमबार भारतसँग खेल्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)






