काठमाडौं । जेनजी विद्रोहपछि बनेको सरकारको नीति छक्याउँदै विदेश पुगेका संघीय संसद् ् सचिवालयका ३ जना कर्मचारीको खर्चमाथि अर्थ मन्त्रालयले प्रश्न उठाएको छ । स्वीटजरल्यान्डको जेनेभामा भएको एक कार्यक्रमका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा एउटा र संसद््का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा अर्को टोली बनाएर गत ३१ असोजमा विदेश पुगेको यो टोली आइतबार (आज) काठमाडौं फर्कंदै छ ।
नीतिविपरीत राष्ट्रिय सभा अध्यक्षको भ्रमण
विवादका बीच उडेको यो टोलीलाई अर्थ मन्त्रालयले सरकारको नीतिलाई छक्क्याएर विदेश उडेको भन्दै जेनेभामा हुँदा नै अवैधानिक र चोर बाटोबाट खडा खरिएको ३ जनाको टोलीले गरेको खर्च बेरुजूमा जाने सन्देश पठाइसकेको छ । राजधानीले सरकारलाई छक्याउँदै एउटै कार्यक्रमका लागि २ वटा टोली बनाएर चोर बाटोबाट अध्यक्ष दाहाल र महासचिव पाण्डेयको टोली विदेश उडेको विषयमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनलगत्तै अर्थ मन्त्रालयले यो भ्रमणलाई ‘नोटिस’ मा राखेको र सरकारले निर्धारण गरिदिएको ३ जनाबाहेकको खर्च अनियमितता या बेरुजूमा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भइसकेको जनाएको छ ।
स्वीट्जरल्यान्डको जेनेभामा २ देखि ६ कात्तिकसम्म भएको अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी हुन अध्यक्ष दाहाल सरकारको नीतिविपरीत ६ जनाको टोली लिएर जेनेभा उडेका थिए, जुन टोली आइतबार (आज) फर्कन लागेको हो । अर्थ मन्त्रालयले गत ७ असोजमा सरकारी खर्च कटौती र मितव्ययी बन्ने भन्दै सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा नेपाल सरकारको स्रोतमा हुने प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सहभागी हुन पाइने निर्णय गरेको छ । यस निर्णयमा राष्ट्र वा सरकार प्रमुखको यस्तो भ्रमणमा बढीमा १० जना मात्र सहभागी हुने उल्लेख छ ।
तर, राष्ट्रिय सभा अध्यक्ष दाहालको संयोजकत्वमा आईपीयूको महासभामा भने तीन जना कर्मचारीसहित ६ जना विदेश पुगेर फर्कंदै छन् । टोलीमा सहभागी संसद््का सचिव रोजनाथ पाण्डेले चतु¥याइँपूर्वक आईपीयू महासभामा हुने सत्रलाई बेग्लाबेग्लै कार्यक्रम प्रस्ताव गरेर तीन–तीन जनाको टोली बनाएर अर्थ मन्त्रालयबाटै भ्रमण स्वीकृत गराएका छन् । ‘अर्थ मन्त्रालयलाई नै गुमराहमा राखेर राष्ट्रिय सभाको भ्रमण दलले दुई वटा बेग्लाबेग्लै कार्यक्रममा तीन जनाको दरले भ्रमणमा जाने भनेर सरकारबाट भ्रमण स्वीकृत गराएको छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले राजधानीसँग भने, ‘सरकारको नीतिविपरीत विदेश जानेमाथि कस्तो कारबाही हुने भन्ने स्पष्ट नभएपछि तत्कालका लागि अवैध टोलीको खर्च अनियमित हो भन्ने निष्कर्षमा मन्त्रालय पैसा नतिर्ने २५ उद्योगको बिजुली ‘कट’ कर्मचारी बताउँछन् ।
प्रवक्ता गिरीले जारी गरेको भ्रमण टोलीसम्बन्धी विज्ञप्तिमा संसद् सचिवालयका सचिव पाण्डे र सहसचिव मिश्राको नाम नै उल्लेख छैन । भ्रमणदलका सदस्य’bout राजधानीको जिज्ञासामा व्यवस्थापिका संसद््का प्रवक्ता गिरीले दुई जनाको नाम उल्लेख नगरिएको विषयमा स्पष्ट जवाफ दिएनन् । तर, उनले आईपीयूका बेग्लाबेग्लै दुईवटा कार्यक्रममा सहभागी हुन अध्यक्ष र महासचिव नेतृत्वको दुईवटा टोली जेनेभा पुगेको बताए । पुगेको छ ।’ संघीय संसद््का प्रवक्ता एकराम गिरीले सार्वजनिक गरेको विज्ञप्तिमा आईपीयूको महासभामा अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सभाका सांसदद्वय नेकपा माओवादी केन्द्रका गोपीबहादुर अछामी र नेकपा एकीकृत समाजवादीकी मदनकुमारी साह (गरिमा) र व्यवस्थापिका संसद्का महासचिव पाण्डेले सहभागिता जनाउने उल्लेख छ ।
अर्थ मन्त्रालयले स्वीकृत गरेको भ्रमण दलमा व्यवस्थापिका संसद््का सचिव पाण्डे र सहसचिव बबिता मिश्राको पनि नाम छ । भ्रमण दलमा अध्यक्षको नेतृत्वमा दुई सांसद र महासचिवको नेतृत्वमा दुई कर्मचारी रहनेगरी बेग्लाबेग्लै टोली देखाइएको छ । तर, आईपीयूको महासभामा भने महासभाअन्तर्गतका सत्रबाहेक अन्य बेग्लै कार्यक्रम नभएको संसद्् सचिवालयकै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको टोलीले आईपीयूकै एउटा महत्वपूर्ण समितिको सदस्य रहेकी राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई भने भ्रमणदलमा छुटाएको पाइएको छ ।
डा. शाक्य अन्तरव्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । माल्दिभ्स र इरानका प्रतिनिधिलाई जितेर स्थायी समितिमा जितेकी शाक्यलाई आयोजकले निम्ता गरे पनि भ्रमण दल सदस्यका रूपमा सिफारिसमै नपरेपछि उनको नाम अनुमोदन हुन सकेन ।






