सङ्खुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा मापसे गरी प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । चैनपुर –३ मगर गाउँबाट मापसे गरी प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ४ जना पक्राउपक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चैनपुर –३ का ६० बर्षिय मगर गाउँका चन्द्र बहादुर आले मगर,४१ बर्षिय पुर्ण बहादुर आले मगर,४० बर्षिय तेजबहादुर आले मगर र सोहि ठाउँका ३८ बर्षिय दाछिरिङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए ।
उनीहरुलाई बिहिवार राति इलाका प्रहरी कार्यालय चैनपुरको टोलिले पक्राउ गरेको हो । होहल्ला गरेको जानकारी पाउन साथ तत्काल घटना पुगेको प्रहरी चौकी सिद्धपोखरीका साहय प्रहरी निरिक्षक भीमबहादुर बराल सहितको टोलिले सम्झाई बुझाई गर्ने क्रममा मादक पदार्थ सेवन गरेको ४ जनाको समूहले अभद्र व्यवहार गरेको प्रहरी निरीक्षक लामिछानले बताए । पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको छ ।






