बारा । बारामा नगरप्रमुखको समाजिक संजाल ( फेसबुक ) ह्यक भएको छ । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव ( उपन ) को फेसबुक ह्यक गरिएको छ । नगरप्रमुख यादवको फेसबुक ह्यक गरी उनकै फेसबुक मार्फत अभद्र टिप्पणी पोस्ट गरिएको प्रति यादवले सार्वजनिक पोस्ट जारी गरी खेद प्रकट गरेका छन् ।
हिन्दुहरूको महान पर्व छठको अवसरमा यस्तो हर्कत गर्ने जो सुकैलाई कानुनी कठघरामा ल्याउने तयारी गरेको उनले बताए ।
स्थानीय तहको चुनावमा जनताले लगातर आफ्नो अमुल्य भोट दिएर विजयी गराएदेखि विरोधीहरु सक्रिय भएको उनले बताए । आफू निरन्तर अटल भई महागढीमाईको विकास गरिएको यादवले दाबी गरे । आफ्नै पालामा विश्व प्रसिद्ध पंचवर्षीय गढीमाई मेला भव्यताका साथ सम्पन्न गराएको समेत यादवले जानकारी गराए ।
सार्वजनिक पदमा बसेदेखि जनताको तर्क वितर्क राख्नु जायज भए पनि यसरी परिवारमाथि नै अभद्र टिप्पणी गर्नेलाई आफू कानुनी कारवाही गर्ने बताए । विगत केही समयदेखि आफ्नो व्यक्तिगत चरित्र हत्या गर्दै आएकाहरु प्रति आफ्नो नजर रहेको पनि संकेत दिएका छन् । जो सुकै होस साइबर ब्युरोले तुरुन्त पता लगाएर कारवाही गरिने प्रहरीले आश्वासन दिएको नगरप्रमुख यादवले बताए ।






