काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण प्रयाशमा असफल भएको बताएका छन् । मंगलवार संघिय संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकै कारण दुई जनाको निधन भएकोमा दुःख व्यक्त गर्न गरे । ‘कोरोना संक्रमित भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने प्रयाश विभिन्न कारणले असफल भएको छ ।’ उनले भने ।
आज मुलुक एउटा असहज र असामान्य अवस्थामा छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नेपालमा पनि प्रवेश गरेको जानकारी दिए । मुलुकमा साधारण क्षमता ५७ हजार क्वारेन्टाइन भएपनि गुणस्तरयुक्त हुन नसकेको र ति क्वारेन्टाइनको क्षमता बढोत्तरी गर्नु पर्ने उनको भनाई थियो ।
तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)