काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र यात्रा प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवालले मंगलबार रिट दायर गरेका हुन् । रिटमाल २३ र २४ भदौको घटनापछि गठन भएको छानबिन आयोगको निर्णय खारेजीको माग गरिएको छ ।
सरकारले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्लाका अधिकारी छविलाल रिजाललाई विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाएको थियो ।
सिलवालले आयोगको यो निर्णय गैरकानुनी भएको र व्यक्तिको सम्मानपूर्वक बाँच्ने अधिकार र स्वतन्त्रतामा अवरोध पुर्याएको भन्दै खारेज गर्न सर्वोच्चबाट आदेश मागेका छन् । हाल सर्वोच्च प्रशासनले रिटको अध्ययन गरिरहेको छ । यो रिटको पहिलो सुनुवाइ बुधबार हुने तालिका तय गरिएको छ ।
यसअघि पनि संसद विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा दसौँ भन्दा बढी रिट दायर भएका छन् ।






