ड्युटीमा अचेत भेटिएका प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए ।

ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह