काठमाडौं । दुई दशकदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्द यति बेला काठमाडौँमा छिन् । उनी आफ्नो नयाँ चलचित्र ‘परान’को प्रिमियर तथा रिलिजको लागि काठमाडौँ आएकी हुन् । १४ कात्तिकबाट नेपालका चलचित्र घरमा प्रदर्शन हुने यो चलचित्रको १३ कात्तिक बेलुका काठमाडौँमा प्रिमियर गरिँदै छ । दुई दिन अघि मात्र काठमाडौँ उत्रिएकी अभिनेत्री पूजालाई अहिले चलचित्रको प्रचार प्रसारमा क्रममा विभिन्न सञ्चार मध्यममा अन्तरवार्ता दिन भ्याई नभ्याई छ ।
काठमाडौँमा मंगलबार राखिएको यो चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा करिब चार दर्जन ‘डिएसएलआर’ र अन्य क्यामेरा देखेर छक्क पर्दै अभिनेत्री पूजाले भनिन्,‘ओ हो, आजकाल त कति धेरै क्यामेरा र पत्रकारहरू हुँदा रहेछन् । हाम्रा पालामा दुई चार वटा क्यामेरा र १५÷२० जना चलचित्र पत्रकारहरू कार्यक्रममा आउने गर्नु हुन्थ्यो ।’
अमेरिका गएको १९ वर्षपछि अभिनेत्री पूजा चलचित्र ‘भुठान’मार्फत गत वर्ष पुन अभिनय फर्किएकी हुन् । उनले पहिला ‘भुठान’मा अभिनय गरे पनि त्यसको लगत्तकै अभिनय गरेको उनको अर्को चलचित्र ‘तेज भिसा’ सुरुमा रिलिज भयो । अमेरिकामै रहेर उनले चलचित्र ‘भुठान’मा अभिनय गरेकी थिइन् । त्यसपछि अमेरिका र लगत्तै नेपाल आएर ‘तेल भिसा’मा काम गर्दा पनि उनले पत्रकार सम्मेलन र चलचित्रको प्रिमियरमा सहभागी हुने अवसर पाएकी थिइनन् । ‘तेल भिस’को छायांकन सकेको केही समयपछि अर्को चलचित्र ‘परान’को छायांकन सकेर उनी अमेरिका फर्किएकी थिइन् । त्यसैले यति बेला उनी आफ्नो यो नयाँ चलचित्र ‘परान’को प्रिमियरको लागि निकै उत्साहित छिन् । प्रिमियर समारोहमा आफ्ना धेरै समकालीन कलाकारहरूले भेटिने विश्वास उनको छ ।
पूजाको भनाइमा दुई दशक अघिसम्म चलचित्रसम्बन्धी मिडिया सीमित भएकै कारण कलाकारले आफ्नो अन्तरवार्ता तथा समाचारको लागि मिडियालाई खोज्नु पथ्र्यो । तर अहिले त अनलाइन र युट्युब मिडियाहरू यति धेरै रहेछन् कि उनीहरूले कलाकारलाई खोजेर अन्तरवार्ता लिने गरेको देख्दा निकै रमाइलो लागेको पनि यी अभिनेत्रीले बत्ताइन् ।
दुई दशकपछि चलचित्रको जमघटमा फर्किएकी अभिनेत्री पूजालाई आजकाल चलचित्रका कलाकार आफ्नो रिलिज चलचित्रको प्रदर्शनका क्रममा हल भिजिटमा जाने प्रचलन अनौठो लागेको छ । यस’bout पूजाले राजधानीसँग भनिन्,‘हाम्रो पालामा त काठमाडौँ र मोफसलका चलचित्र घरमा आफ्नो चलचित्रले ५१ दिन तथा १०० दिन मनाउँदा मात्र हल भिजिटमा गइन्थ्यो । तर आजकाल त दर्शकलाई भेट्न दिन दिनै कलाकारहरू चलचित्र घरमा जानु पर्ने प्रचलन पो आएछ ।’
अमेरिका जानु भन्दा अघिसम्म पूजाले चलचित्रमा नायिकाको रूपमा काम गर्दै आएकी थिइन् । करिब दुई दशकपछि चलचित्र अभिनयमा फर्कँदा उनले नायक नायिकाको आमाको भूमिका निर्वाह गर्नु परेको छ । यसलाई आफूले स्वाभाविक रूपमा लिएको पनि पूजाले बत्ताइन्,‘मेरो उमेरको कलाकारले अहिले आमा तथा अन्य चरित्र अभिनेत्रीकै रूपमा काम गर्ने हो । अमेरिकामा यति समय रहँदा पनि मलाई खोजेर चलचित्रमा आमाकै भए पनि राम्रो भूमिका दिनु पनि मेरोलागि खुसीको कुरा हो,’ सोही कारण चरित्र अभिनेत्रीको रूपमा चलचित्र प्रस्तुत हुन पाउँदा आफूलाई खुसी लागेको पनि यी अभिनेत्रीले राजधानीलाई बत्ताइन् ।
चलचित्र ‘परान’मा काम गर्नुको कारण’bout उनले यो चलचित्र कथा नै भएको बत्ताइन्,‘दुई दशकदेखि अमेरिकामा बस्दा टाढा भएका कारण मैले नेपालमा भएका आफ्ना परिवारलाई धेरै नै सम्झने गरेको थिएँ । तसर्थ परानमा भएको बुबा आमासँग छोरा छोरीको सम्बन्ध र बिछोडको कथाको कारण मलाई यो चलचित्रमा काम गर्न प्रेरित भएँ ।’
गत सातासम्म उनी नेपाल आउने टुंगो थिएन । निर्माण पक्षले चलचित्र ‘परान’को प्रिमियर र रिलिजको लागि निम्ता गरेपछि १० दिन भित्रै आफूले सबै व्यवस्था मिलाएर छोटो समयमै नेपाल आएको पनि पूजाले बत्ताइन् । सोही कारण यस पटकको आफ्नो बसाई पनि छोटो हुने उनले जानकारी गराइन् । छोटो बसाई भए पनि आफूलाई नेपाल बस्ने क्रममै चलचित्रमा काम गर्ने प्रस्ताव आएमा उनले आफ्नो बिदा बढाएर नयाँ चलचित्रमा काम गरेपछि बल्ल अमेरिका फर्कने पनि बत्ताइन् । गत वर्ष पनि उनलाई यसरी नेपालमा आएकै बेला चलचित्र ‘परान’मा काम गर्ने अवसर मिलेको पनि उनले बत्ताइन् ।
उनी भन्दा पछिल्लो पुस्ताकी अभिनेत्री केकी अधिकारी र नयाँ पुस्ताका अभिनेता महेश त्रिपाठी, प्रविण खतिवडा, अभिनेत्री अञ्जना बराइलीसँग काम गर्दा निकै रमाइलो महसुस भएको पनि पूजाले बत्ताइन् । यस चलचित्रका निर्देशक दीपक आचार्यको कामबाट उनी खुसी छिन् । विगतमा निर शाहको बुहारी भएर केही चलचित्रमा अभिनय गरेकी पूजाले यस पटक यो चलचित्रमा निर शाहको श्रीमतीको भूमिका निर्वाह गरेको पनि खुलाइन् ।






