विपी राजमार्गमा राति सवारी नचल्ने

सिन्धुली । विपी राजमार्गमा विहिबार र शुक्रबार राती सवारी साधन नचल्ने भएका छन । वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपी राजमार्गको खुर्कोट धुलिखेल खण्डमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

खुर्कोट हुदैँ काठमाडौतर्फ जाने सवारी साधनहरु १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा निषेध गरिएको प्रशासनले सूचना जारी गरि जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विहिबार, शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेसँगै प्रशासनले रातीमा सवारी चलाउन रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सवारी साधन र यात्रुहरुलाई सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगाउनका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रशासनले दिउँसोको समयमा पनि भारी वर्षा परेमा सुरक्षा निकायले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने समेत उल्लेख गरिएको छ ।

यस्तै वर्षाको समयमा विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भईरहेको अवस्थामा सवारी नचलाउन समेत प्रशासनले सूचनामा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्बन्धित निकाय, सस्ंथा र जिल्लाबासी सबैलाई सर्तक रहन समेत अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल