सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा विपद् व्यवस्थापन तालिम बिहीबार सम्पन्न भएको छ । ११ सातासम्म सञ्चालन भएको उक्त तालिम गत साउन ११ गतेबाट संचालन भएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी जवानदेखि निरीक्षकसम्मका ४८ जना प्रशिक्षार्थी सहभागी थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्‍नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालको प्रमुख आतिथ्यमा उक्त तालिमको अन्तिम दिन विपद् व्यवस्थापन सम्बन्धित विशेष डेमो प्रदर्शन सहित समापन भएको थियो। उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कंचनरुप, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखहरु, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) का समादेशक, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलका समादेशक सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

प्रशिक्षार्थीहरुद्वारा डेमो प्रदर्शन गर्ने क्रममा भुकम्पले क्षति ग्रस्त भएका भवनहरुबाट घाईतेहरुलाई कसरी उद्दार गर्न सकिन्छ भन्‍ने विषयमा डेमो प्रदर्शन लगायत विभिन्‍न रोप रेस्क्यू सम्बन्धी कलाहरु साथै सोही अवसरमा विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आईरहेको विभिन्‍न आधुनिक उपकरण तथा सामाग्रीहरुको प्रदर्शन गरिएको थियो।

उक्त अवसरमा प्रमुख अतिथिबाट तालिम सफलता पुर्वक समापन गर्नु हुने प्रशिक्षार्थीहरु मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थीलाई पुरस्कार साथै अन्य सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिम समापनको प्रमाणपत्र र तालिमको ट्याग प्रदान गरी तालिममा सिकेका ज्ञान र सीपलाई आगामी दिनहरुमा विपद्‍का समयमा खटिई व्यवहारमा उतार्नु पर्ने बताउदै विपद् जोखिममा हरहमेसा खटिन तयारी अवस्थामा रहन समेत निर्देशन दिए । विपद् उद्दारमा हरहमेशा खटिने सशस्त्र प्रहरी बललाई थप मजवुत र व्यवस्थित बनाउन आवश्यक श्रोत साधन व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहहरु समेतले उल्लेखनिय भूमिका खेल्नुपर्ने कुरामा समेत जोड दिए ।

सोही अवसरमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्थानीय प्रशासन, स्थानीय निकायहरुसँग समन्वय र सहकार्य गरी बिभिन्न विपद्को समयमा परिचालन हुँदा सामुदायिक स्तरमा थप प्रभावकारिता आउने बताए ।
उक्त अवसरमा कंचनरुप, हनुमाननगर-कंकालिनीमाई नगरपालिकाका नगर प्रमुखहरुले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरुसँग समन्वय गरी सहकार्य गरिने कुरामा सदैव तत्पर रहेको मन्तव्य व्यक्त गरे ।

तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तेजप्रसाद पोखरेलले शिक्षालयमा विपद् व्यवस्थापन, वाटर रेस्क्यू, प्रति विद्रोह, प्रति आतंकवाद, विशेष कार्य दस्ताजस्ता विशेष कार्य प्रकृतिका तालिमहरु संचालन संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको बताए ।

साथसाथै उक्त अवसरमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद दिए । तालिम सफलतापुर्वक समापन गरेका प्रशिक्षार्थीहरुलाई बधाई दिनुका साथै तालिममा सिकेका सैद्धान्तिक ज्ञान तथा व्यवहारिक सीप र दक्षतालाई कार्य क्षेत्रमा उत्कृष्ट तवरले सम्पादन गर्न निर्देशन दिए ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल