दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगञ्ज । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा नेपालगञ्जमा दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ शुक्रबार बिहानदेखि सुरु भएको छ । सो प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

उद्घाटन खेलमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन र छियानालाई दुई–दुई गोल्ड हासिल

उनले पछिल्लो समय लुम्बिनी प्रदेशले खेलका क्षेत्रमा राम्रो छबी बनाएको उल्लेख गर्दै निरन्तर खेलकुदका गतिबिधि आयोजना गरिदा खेलाडिमा खेल भावनाको उजागर हुने तथा खेलकलामा निखार आउने दाबी गरे । शुक्रबार भएको उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्र्रो भए ।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविनले बाजि मार्दै प्रथम भए, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुनमगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्र्रो भएका छन् । त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रोे स्थान हासिल गरेका छन् ।

२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकै छियाना महर्जनले बाजी मार्दै प्रथम, आदर्र्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा देशभरीका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका १ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्डर १० उमेर समूहका खेलाडीहरुले अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता अबधिमा विभिन्न ५६ वटा इभेन्टमा हुने बताईएको छ ।

कार्यक्रममा मन्त्री पाण्डेले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गरेर खेलको शुभारम्भ गरेका लगत्तै प्रतियोगिता सुरु भएको थियो । क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले