भोजपुरमा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ४ जना घाइते

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ जादै गरेको प्रदेश–१–०२–००३–त–१२१३ नम्बरको लकडी बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुर्घटनामा सोही वडाका २५ वर्षीय चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ का १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले बताए । घाइते चार जनाको स्थानीयवासीले उद्धार गरी तत्काल उपचारका लागि दिङला नगर अस्पताल दिङला पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारण’bout थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने