पोखरामा एमालेको मोटरसाइकल र्‍याली

पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी, कास्कीले पोखरामा शनिबार बृहत् मोटरसाइकल ¥याली निकालेको छ । जेनजी आन्दोलनपछि दाङलगायत देशका विभिन्न स्थानमा गरिएको ¥यालीको निरन्तरता स्वरूप कास्कीमा पनि ¥याली निकालिएको एमालेले जनाएको छ ।

पोखरा सभागृहबाट सुरु ¥याली पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताको साथै जेनजी प्रदर्शन क्रममा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध मोटरसाइकल ¥याली निकालिएको जनाए ।

¥यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगतबहादुर विश्वकर्मा, पोलिट्ब्युरो सदस्य एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतलगायत पार्टीका जिल्ला नेताहरूका साथै युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरूको सहभागिता थियो ।

यसैबीच, एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन नाममा ठूला षड्यन्त्रहरू भएको दाबी गरे । उनले त्यसको पछि साम्राज्यवादी शक्तिहरूको हात रहेको पनि आरोप लगाए ।

प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल गैरराजनीतिक भएकोले राज्य संचालन गर्न नसक्ने ठोकुवा गरे । उनले कार्की र अर्याललाई ‘बुढो बोका’ भन्दै दाइँ गर्न नसक्ने टिप्पणी गरे । उनले प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य भएको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह