धनकुटामा २ दिन सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले बुधबार र बिहीबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मुख्य बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा कात्तिक १९ र २० गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिए । वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएको र यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको राईले बताए। बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन्।

धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्। जस अन्तरगत वर्षभरि बाबु वा आमा गुमाउनेका परिवार आइतबार धनकुटाबाट सुनसरीको बराहक्षेत्रतर्फ पैदल यात्रामा हिडेका छन्। उनीहरु हिडेको ४ दिनमा धनकुटा आइपुग्ने आठपहरियाका पुजारी उमेश आठपहरियाले जानकारी दिए। आइतबार बेलुका धनकुटाको साँगुरीगढी–९ आहाले र भञ्ज्याङ (सिमलबाँस) मा बास बस्ने छन् ।

सोमबार बराह क्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मंगलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने पुजारी आठपहरियाले बताए। बास वस्दा खुल्ला आकासमा बस्नुपर्ने तथा अरुले प्रयोग गरेको सामान प्रयोग गर्न नहुने मान्यता रहेको छ । उनीहरु धनकुटा आइपुगेपछि दुःखको कर्म फुकाउने तथा भोज खुवाउने र नाचगानको कार्यक्रम सुरु हुन्छ। यो क्रम १५ दिनसम्म जारी रहन्छ। चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल