संवेदनशील अंग देखाउन लगाइ नाबालिकाको चरित्र हत्या गरेको आरोपमा साह पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लिल तस्विर भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख–हैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल