हर्षको ट्रेलरमा दाम्पत्य संघर्षको कथा

काठमाडौं । आउँदो १२ मंसिरबाट नेपालका चलचित्र घरमा प्रदर्शन हुने नेपाली चलचित्र ‘हर्ष’को काठमाडौँमा एक समारोहबिच मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक दम्पतीले परिवारका लागि गरेको संघर्षको दृश्यहरू प्रस्तुत गरिएको छ ।

आफ्ना जीवनका केही भोगाइसँग मेल खाने कथामा यो चलचित्रमा काम गर्न पाउँदा निकै रमाइलो लागेको ट्रेलर रिलिज समारोहमा अभिनेत्री वर्षाले बताइन् । ‘हर्ष’मा वर्षासँगै खगेन्द्र लामिछाने, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, श्रृष्टी महर्जन, श्रृजना नापितलगायतका कलाकार छन् ।

यो चलचित्रमा समीर र हिमाल, वसन्त सापकोटा, एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, आलोक शुक्लको छायांकन, सुनिल क्षेत्री र एकता पौडेलको कोरियोग्राफी छ । एकता पौडेलले निर्देशन गरेको ‘हर्ष’लाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता हिकमत चोखाल हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल