बंगाली उपन्यास ‘शेष प्रश्न’ अब नेपालीमा

काठमाडौं । उपन्यास ‘शेष प्रश्न’ बंगाली साहित्यको लोकप्रिय कृति हो । अब यो कृतिलाई नेपाली भाषामा पढ्न पाइने भएको छ । यो कृतिलाई नेपालीमा अनुवादसहित प्रकाशन गरिएको छ ।

कवि तथा संगीतकार आभासले बंगाली उपन्यास ‘शेष प्रश्न’लाई नेपालीमा अनुवाद गरेका हुन् । यो पुस्तकलाई नेपालीमा पब्लिकेसन नेपालयले प्रकाशन गरेर बजारमा ल्याएको छ ।

यस पुस्तकलाई कालिकास्थान स्थित आर शालामा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको हो । सो लोकार्पण कार्यक्रममा अनुवादक आभासले भने, ‘मन परेको उपन्यास कुन हो भनेर कुराकानी हुँदै गर्दा मलाई सबैभन्दा पहिला शेष प्रश्नकै सम्झना भयो र फेरी पछि यही किताब पढ्दा झनै मन प¥यो ।’

आभासले यो पुस्तकलाई आफूले नेपाली भावमा ढालेर पाठकलाई रोचक लाग्ने गरी तयार गरेको पनि बताए । कार्यक्रममा अनुवादक आभासले आफू बंगाली साहित्य र संगीतबाट प्रभावित रहेको बताए । आफू बंगालमा लामो समय बसेको पनि उनले जानकारी गराए ।

यो पुस्तकलाई बंगाली लेखक शरद्चन्द्र चट्टोपाध्यायले लेखेका हुन् । उनको यो संसारभरि धेरै पढिने कृति हो । शरत्चन्द्रका कृति भारतका विभिन्न भाषा तथा थुप्रै अन्तर्राष्ट्रिय भाषामा अनूदित छन् । उनको कृति ‘देवदास’मा आधारित भएर विभिन्न चलचित्र निर्माण भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल