एम्बुलेसमा गाँजाको तस्करी

सुन्दरहरैंचा(मोरङ) । मोरङमा नेपाल रेडक्रसको एम्बुलेसमा लागू औषध गाँजाको तस्करी भएको छ। मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते राती बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको कोशी प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।

प्रहरी बरिष्ठ उपरिक्षक तथा प्रवक्ता पोखरेलका अनुसार गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका- ३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यसैगरी प्रहरीले विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का बिकाश कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहतालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका-९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनीहरुको थप अनुसन्धान भईरहेको जनाएको छ।

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ। कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण