बारा । नेकपा एमाले बाराले आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री ज्वाला कुमारी साहले देश जलाउनेलाई देशद्रोही मुदा लगाई देश निकाला गर्नुपर्छ बताईन । तत्कालीन सरकारले समाजिक संजाललाई प्रक्रियामा ल्याउन लगाएको रोकको बहानामा देश जलाएको पुर्व मन्त्री साहले आरोप लगाईन ।
विपक्षी पार्टीले अन्तर्राष्ट्रिय शक्तिको आडमा देशलाई टुक्राउन, बेच्न पहिला देखिको प्लान बनाएर देशलाई खरानी बनाएको उनले बताईन । नेकपा एमाले जनताको पार्टी रहेको साहले बताईन । जनता एकरूपताको साथ अघि बढ्यो भने पक्कै पनि देशले निकास पाउने विश्वास लिएको उनले बताईन ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने हिसाबले नै आक्रमण भएको पुर्व मन्त्री साहले बताईन । जसले काम गर्छ, उसलाई नै जस ‘अपजस पाउने भएकोले नै होला आन्दोलनमा नेकपा एमाले नै निशानामा रहेको समेत जिक्र गरिन ।
‘ हामीले देशमा विकासको आमुल परिवर्तन गर्यौ र पार्टी अध्यक्ष ओलीको मार्गदर्शनमा फेरी हामी उठने छौ भन्ने अहवान समेत गरिन ।
हाम्रो पार्टी कार्यालय देखि निजी सम्पत्ति पार्टीका नेताहरूको घर खरानी बनाए पनि, अलिकति पनि बिच्चलित भएका छैनौ उनले भने । सबै गुमाएन पनि आफ्नो हौसला बुलन्द रहेको, अगामी यात्रा देश र जनताको हकहितमा बिताउने पुर्व मन्त्रीले प्रतिवद्धता गरिन ।
नेकपा एमालेलाई खरानी बनाए पनि खरानीबाट उठेर पनि देश बनाउन सक्षम रहेको उनले जिकिर गरिन ।जेनजीको नाममा घुसपैठ गर्नेलाई जनताले सबक सिखाउने उनले बताईन ।
प्रतिशोध हैन कि पुन निर्माणमा लाग्नुपर्ने सबैमा आग्रह गरिन । नेकपा एमाले देश जोडने पार्टी रहेको उनले बताईन ।
त्यस्तै बिस्तारित बैठकको सम्बोधन गर्दै स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठले संविधान संसोधन गर्न भन्नेहरु नै संविधानको विपरित सरकार बनाएको बताए । छानविन आयोगले निष्पक्ष छानविन गर्छ भन्ने विश्वास नरहेको श्रेष्ठले बताए । छानविन आयोगले प्रतिवेदन दिने, त्यसले उपत्यका छोडने भन्ने अधिकार नरहेको उनले बताए ।
छानविन आयोगमा दोषी ठहर्यो भने सरकारले रोक्ने श्रेष्ठले बताए । सर्वोच्च अदालतको न्यायाधीश भएको व्यक्तिको अध्यक्षतामा भएको न्यायिक आयोग गठन भएको छ, त्यसमा उपत्यका देश नछाडन भन्नु आफैमा हास्यास्पद रहेको श्रेष्ठले बताए ।
कालापानीको भुमी हाम्रो रहेको पुर्व प्रधानमन्त्री केपी ओलीको चट्टानी राष्ट्रवादी अडानले गर्दा अन्तर्राष्ट्रिय शक्तिले घुसपैठ गरि देश जलाएको धेरै सबुत रहेको उनले बताए ।
बिस्तारित बैठकमा नेता पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलबिर चौधरी, मोहमद समिर, मनोज पौडेल, सुनिल पाल, डा अख्तर हुसैन, प्रतिमा यादव, लिला खनाल, सिमा ठकुरी लगायतले देशमा भएको विध्वंस ’bout आफ्नो विचार राखेका थिए । जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको अध्यक्षतामा भएको बिस्तारित बैठकको संचालन अमृत शर्मा बजगाईले गरेका थिए ।






