जेनजी समूहले मतदाता संकलनमा सघाउँदै

बारा । बारामा जेनजी समूहले मतदाता संकलनमा निःशुल्क सघाउँदै आएका छन् । निर्वाचन कार्यालय कलैयाको प्रवेशद्वारमा जेनजी समुहले निःशुल्क रुपमा मतदाता संकलनमा सहयोग गर्दै आएका हुन् ।

ग्रामीण भेग कोचर्वाबाट मतदाता नामवाली दर्ता गर्न आएका मनिषा चौधरीको निशुल्क रुपमा अनलाईन दाखिला गरेर निर्वाचन कार्यालयमा पठाउदा बायोमेट्रिक गर्न समय बचत भएको सुनाईन । टाढाबाट आएका सेवाग्राहीहरु अनलाईन दाखिला गर्न झन्झटको समाधान जेनजीले गरेको कार्य सराहनीय रहेको उनले बताइन ।

संविधान सभा सदस्य प्रमोद गुप्ताको पहलमा जेनजी समुहले निशुल्क रुपमा कम्प्युटर, प्रिन्टर, वाईफाई राखेर गाउँ गाउँबाट मतदाता नामावली दर्ता गर्न आएका सेवाग्राहीको अनलाईन फारम दर्ता गर्ने कार्य भईएको छ ।

अनलाईन दाखिला देखि बायोमेट्रिक निर्वाचन कार्यालयले नै गर्नु पर्ने भएको प्रश्नमा सुचना अधिकारी मुकेश सिहले सरकारले अनलाइनमा दाखिला गरि निर्वाचन कार्यालयमा जना सुचना जारी गरेर नै जानकारी गराएको बताए । सात जना कर्मचारीले जिल्ला भरीको मतदाता परिचयपत्र दर्तामा लागेको बताए ।

०८४ समयमा निर्वाचन हुदा आयोगले तयारी गरिरहेको समेत बताए । अद्यावधि चुनाव भएकोले नै टाढा टाढाबाट दर्ता गर्न मतदाताहरूलाई निर्वाचन कार्यालयमा आउनु परेको उनको भनाई रहेको छ । बिहान ८ बजे देखि साझ ६ बजे सम्म दर्ता कार्य संचालनमा रहेको उनले बताए । दैनिक तीन देखि चार सय जनाको मतदाता परिचयपत्र दर्ता हुने गरेको सिहले बताए । कसैलाई बिना काम सम्पन्न भई घर फर्कन दिएका छैनौ उनले भने ।

बारामा एक लाख ९९ हजार तीन सय ४३ जना महिला, दुई लाख ४१ हजार एक सय ६१ जना पुरुष र ११ जना अन्य तेस्रो लिङ्गी गरी कुल मतदाता सङ्ख्या चार लाख ४१ हजार पाच सय ८३ रहेको जिल्ला निर्वाचन अधिकारी नदिन चौधरीले जानकारी गराएका छन् ।

जिल्लामा अति संवेदनशील एक सय ४५, संवेदनशील एक सय आठ, समान्य ५२ गरी तीन सय पाच मतदान स्थल र मतदान केन्द्र पाच सय ५५ रहेको चौधरीले बताए । कार्तिक २० सम्म चार हजार एक सय ९६ जनाले मतदाता परिचयपत्र दर्ता गराएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की