काठमाडौं । नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । सिनेमा पाठशालाको ब्यानरमा बिहीबार बिहान काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो ।
यो चलचित्रलाई राजु श्रेष्ठको निर्माण तथा निर्देशन गर्दै छन् । लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु निर्देशनमा ‘कंगाल करोडपति’ निर्माण हुन लागेको हो ।
यो चलचित्रको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् । चलचित्रमा उमर खान र पदम लोहार मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)






