चरित्र हत्या र भ्रम फैलाउने प्रयास भयोः मेसु साह

राजविराज । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश साहले “पब्लिक खबर २४” नामको फेसबुक पेजमा आफुसंग जोडेर चरित्र हत्या र भ्रम पैmलाउने प्रयास भएको गुनासो पोखेका छन ।

२ दिन अघि उक्त फेसबुक पेजमा डा.साह र एक यूवतीबीचको फोन सम्वादको अडियो सार्वजनिक गरिएपछि शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो गुनासो पोखेका हुन । आफ्नो सरुवा र थमौती प्रकरणलाई प्रभावित बनाउन र चरित्र हत्या गर्ने मनसायका साथ यसरी हुदै नभएको सम्वाद अडियो मार्फत सार्वजनिक गरिएको उनको दाबी छ ।

मंगलवार मेरो सरुवा भो भोली पल्टै बुधवार थमौती भो, उनले भने–“सोही राती पब्लिक खबर २४ नामको फेसबुक पेजबाट मलाई बदनाम गर्ने गरी मेरो नाम र पद जोडेर एउटा युवती संग असोभनीय सम्वाद भएको भनी झुठो अडियो सार्वजनिक भयो, यो सबै म विरुद्ध सुनियोजित षडयन्त्र हो ।”

आफनो थमौती भएको थाहा भएपछी मेसुका आकाँक्षी अर्का एक डाक्टरको उक्साहटमा “पब्लिक खबर २४” का संचालक आदित्य अजय भनिने आदित्य मण्डलको मिलिभगतमा यस्तो प्रयास भएको दाबीका साथ उनले उक्त प्रकरणको सत्यतथ्य छानवीन गरी दोषी माथी कडा कारवाहीको माग समेत गरेका छन ।

मेरो चरित्र हत्या गर्ने उदेश्यले सम्प्रेषित उक्त साम्रगी तथ्यहिन रहेको दाबीका साथ उनले आफुले कहिल्यै कुनै युवती संग यस किसीमको असोभनिय वार्तालाप नगरेको स्पष्ट पारेका छन । उनले आफुलाई बदनाम गर्ने गरी भ्रमपुर्ण अडियो तयार गरी सार्वजनिक गर्नेहरुलाइ कानुनी दायरामा ल्याउन न्यायका लागी संचारकर्मी हुदै स्थानीय प्रशासन र अदालत सम्म पुग्ने जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले