काठमाडौं । मधेश प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले रोष्टममै आफ्नो मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए।
‘मेरो दलको नाम के हो म बिर्से म बिर्से, के रे कुन दल, नेपाली कम्युनिस्ट पार्टी, होइन माओवादी केन्द्र नै हो !,’ अन्सारीले भने,‘ यो हामीले बनाइरहेको सरकार होइन, काठमाडौँ र शीर्ष नेताहरुले बनाइरहेको सरकार हो, किन विश्वासको मत दिने? विश्वासको मत दिन्न।’
प्रदेशको भ्रष्टाचार र कुशासन देख्दा विष उत्पन्न भएको बताउँदै उनले जेन जेड आन्दोलन भए पनि नेताहरू नसुध्रिएको जिकिर गरे।
तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)






