मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौँ । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा घोषणा गरेको हो । आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएकी थिइन् । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका थिए ।

त्यसपछि आफूले मत पाउने संकट देखेसँगै उनले राजीनामा घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

ढोरपाटन नगरप्रमुख नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रूपैयाँ जरिवाना