Thursday, April 22, 2021
Home Editor-Picks निजी क्षेत्रको माग सम्बोधन नगरे आन्दोलन

निजी क्षेत्रको माग सम्बोधन नगरे आन्दोलन

न्यूनतम ५ प्रतिशत ब्याज घटाउन आग्रह

,

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आफ्नो माग सम्बोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ । महासंघका अध्यक्ष भवानी राणाले सोमबार पत्रकार सम्मेलनमार्फत सरकारले नीति तथा कार्यक्रममार्फत आफ्नो माग र योगदानलाई सम्बोधन नगरेको जानकारी दिँदै आगामी आर्थिक वर्षको बजेटमा पनि नसमेटिए सबै व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । ‘हाल सरकारले उद्योग व्यवसायीको माग सम्बोधन नगरेको भन्दै जिल्ला तथा नगरका उद्योगी व्यवसायीबाट व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने भन्दै एक्येबद्धता आएको छ,’ राणाले भनिन्, ‘अहिले बैंकको ब्याजदर तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ तसर्थ हामी अहिले गर या मरको अवस्थामा छौं ।’

अन्य देशमा उद्योग व्यवसाय तथा अर्थतन्त्र उद्धारका लागि राहतका ठूला आर्थिक प्याकजे आइसक्दा पनि नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक नलिएको भन्दै जिल्ला तथा नगरबाट नेतृत्वलाई दबाब आएको बताइन् । जसअन्तर्गत आफ्ना उद्योग बन्द गर्ने, सरकारलाई उद्योग व्यवसायको साँचो बुझाउनेजस्ता कार्यक्रम गर्ने र त्यति गर्दा पनि सुनुवाइ नभए आन्दोलनमा उत्रने जानकारी उनले दिइन् ।

अन्य देशमा उद्योग व्यवसाय तथा अर्थतन्त्र उद्धारका लागि राहतका ठूला आर्थिक प्याकेज आइसक्दा पनि नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक नलिएको नेपाल उद्योग वाणिज्य महासंघको भनाइ

महासंघले विशेषगरी बैंक ब्याजदरमा न्यूनतम ५ प्रतिशत घटाउनुपर्ने बताएको छ भने समस्यामा परेका उद्योग व्यवसाय उकास्नका लागि तीन वर्षका लागि १ खर्ब रुपैयाँको पुनर्कर्जा कोष सञ्चालनमा ल्याउनुपर्ने बताएको छ । सो पुनर्कर्जाको ब्याज अघिकतम ३ प्रतिशतभन्दा बढी हुन नहुने माग अघि सारेको छ । साथै घाटामा गएका उद्योगको कर्जालाई पाँच वर्षसम्म वाच लिस्टमा राख्न नहुने बताएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले कर्जाको नवीकरण गर्दा नयाँ ऋण लिँदा विभिन्न खालका सेवा शुल्क लिने गरेको भन्दै यसलाई समेत तत्काल खारेज गर्नुपर्ने माग अघि सारेको छ । महासंघले व्यक्तिगत तथा संस्थागत आयकरमा २० प्रतिशत छुट दिनुपर्ने माग अघि सारेको छ भने हालको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट)लाई १० प्रतिशतमा झार्नुपर्ने बताएको छ । लकडाउनको समयमा पनि सरकारले उद्योगमा बिजुलीको बिल पठाइरहेको भन्दै यस अवधिमा डिमान्ड शुल्क मिनाहा गर्नुपर्ने माग महासंघको छ ।

(Visited 648 times, 1 visits today)
Loading comments...

आजको समाचार

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

गजेन्द्र नारायणको सम्झनामा

सप्तरी राजविराज । हालै सम्मपन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको सम्मान संगै मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता गजेन्द्र नारायण सिहको सम्झना...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

ट्रेन्डिङ

वेपत्ता भएको डेढ वर्षपछि पण्डितको कंकाल भेटियो

सप्तरी । वेपत्ता भएको डेढ वर्षपछि सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षीया राशोदेवी पण्डितको कंकाल भेटिएको छ । पण्डितको बुधबार दिउँसो २ बजेतिर...

एमसीसी बहस : यथार्थ र कुन्ठा

पछिल्लोपटक नेपाली राजनीतिमा सबैभन्दा धेरै विवाद भएको विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस हो । एमसीसीको बहसले सिंगो नेपाली समाज दुई धारामा विभक्त छ...

टिप्पणी : प्रशासनमा अब्बल घिमिरे अख्तियारमा निरीह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको कार्यकाल पूरा गरेर नवीन घिमिरे बिदा भइसकेका छन् । उनी जसरी बिदा भए, वास्तवमा भन्नु पर्दा उनको...

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

२४ घण्टामै थपिए १५६ संक्रमित, संक्रमितको संख्या १०४२

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि...

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते भएका छन् । घाइते हुनेमा सिलिचोङ –३ मानेटारका १७ बर्षिय अकल बहादुर...

एक्सन स्टार सुमी र पुष्पको रिल रोमान्स (फोटोफिचर)

काठमाडौं । एक्सन स्टारको रुपमा चिनिने सुमि मोक्तान पछिल्लो समय डान्सिङ स्टारको रुपमा परिचित हुन थालेकी छिन् । डान्सिङ स्टार्स नेपालमा सहभागी भएपछि उनको...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

विशेष अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५...

व्यवसायी सुधीर बस्नेतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारीबाट करोडौं रकम ठगेको आरोपमा मुद्दा खेपिरहेका व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको...

बजेट अभावले विकासको काम नरोकिने

काठमाडौं । बाग्मती प्रदेशसभा सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख) का सांसद् प्रकाश श्रेष्ठले विगतका वर्षहरूमा जस्तो अब बजेट अभावले पूर्वाधार विकासको...

कोशी पीडितको क्रन्दन, काठमाडौले सुनेन फेरि आन्दोलन

सप्तरी, राजविराज । ६ महिना अघि अनिश्चितकालिन रिले अनसन वसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशी पिडीतहरु फेरी आन्दोलित भएका छन् । उनीहरुले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)