करदाता सेवा कार्यालय खारेजको राजविराजमा बिरोध

राजविराज । करदाता सेवा कार्यालय खारेजी गरिएको विरोधमा आन्दोलनरत सप्तरीका उद्योगी व्यवसायीहरुले शनिबार देखि सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा धर्नामा बस्दै हस्ताक्षर अभियान चलाएका छन् । धर्ना र हस्ताक्षर अभियान २७ कार्तिक सम्म चल्ने र २८ गते संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाउने उद्योग बाणिज्य संघ सप्तरीले जनाएको छ ।

धर्नामा राजनितिक दलका प्रतिनिधि समेत सहभागी भई एक्यबद्घता जनाएका छन् । धर्नामा बसेका राजनितिक दलका प्रतिनिधिहरुले पनि करदाता सेवा कार्यालय खारेजी गर्ने मन्त्रीपरिषदको निर्णयको विरोध गर्दै निर्णय सच्चाउनु पर्ने माग गरेका छन् ।

यस अघि संघका अध्यक्ष लालुप्रसाद अग्रवालले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना र सेतो तुल राखी हस्ताक्षर संकलन गर्ने, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन गर्ने बिरोधका कार्यक्रमहरु तय गरिएको जानकारी सार्वजनिक गरेका थिए ।

सप्तरीमा करिब ७२ हजार करदाता रहेको र उनिहरुले राजविराज स्थित करदाता सेवा कार्यालयबाट सहज रुपमा सेवा सुविधा पाईरहेको बेला केही दिन अघि मन्त्रीपरिषदको बैठकले कार्यालय खारेजी गर्ने निर्णय गरेको भन्दै विरोधमा बजारबन्द विरोध प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने