सुकुम्वासीमाथि दम्भ नदेखाउन बालेनलाई जेन जेड मुभमेन्ट अलायन्सको चेतावनी

काठमाडौँ। जेन जेड मुभमेन्ट अलायन्सले काठमाडौँ महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ।

अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा चिन्ता व्यक्त गरेको छ। न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अलायन्सको अनुरोध छ।

‘सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौँ महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, अलायन्सले महानगर क्षेत्रभित्र रहेका बस्तीहरू’bout यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि आग्रह गरेको छ।

‘नक्कली र सक्कली सुकुम्बासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन र तथ्यांक सार्वजनिक गर्नुपर्छ।’

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले