Saturday, May 15, 2021
Home Breaking News नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

,

काठमाडौं । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मंगलबार पारित भएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमतबाट पारित भएको हो । नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, समाजवादी जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण र स्वतन्त्र सांसद दुर्गा पौडेलले संशोधन दर्ता गरेका थिए । तीनवटै प्रस्ताव सदनबाट बहुमतले अस्वीकृत भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संशोधनलाई निर्णयार्थ पेस गरेका थिए । संशोधन बहुमतले अस्वीकृत भएपछि उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयका लागि पेस गरेका थिए । सो प्रस्तावमा सत्ता पक्षका सांसदले समर्थन गरेपछि बहुमतले पारित भएको हो । त्यसपछि सभामुखले राष्ट्रपति भण्डारीबाट गत २ जेठमा पेस गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

मंगलबार नै बसेको राष्ट्रिय सभा बैठकले पनि सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेको छ । नीति तथा कार्यक्रममा राष्ट्रियसभामा तीनवटा संशोधन प्रस्ताव दर्ता भएको थियो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट अनिता देवकोटासहित शेखरकुमार सिंह र प्रमिला कुमारीले संशोधन प्रस्ताव पेस गरेका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बोल्दै नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका थिए । भ्रष्टाचार नियन्त्रण गर्न र कोरोनाबाट जनतालाई बचाउन सरकारले काम गरिरहेको दाबी उनको थियो । सरकारले लिपुलेक र कालापानीको भाग समेटेर नक्सा जारी गर्ने ऐतिहासिक निर्णय गरेको र भूमि पनि फिर्ता ल्याउने उनले बताए । यसअघि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको बताए । प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी बालुवाटारसँग सम्बन्धित छ भन्ने खालका कतिपय सञ्चारमाध्यममा देखिने गरेको भन्दै ओम्नी भन्ने कम्पनीबारे आफूले नसुनेको बताए । ‘कतिपय सञ्चारमाध्यममा कताकता ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ,’ उनले भने, ‘यतिसम्म पनि भनिने अवस्था मैले देखें कि यो बालुवाटारसँग सम्बन्धित छ । ओम्नी भन्ने मैले सुनेको पनि थिइनँ ।’

कोरोनाको नियन्त्रण र उपचारमा चाहिने स्वास्थ्य सामग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरिदिएको थियो । प्रधानमन्त्रीले कोरोना संकटका बेला मन्त्रालयले नै स्वास्थ्य सामग्री खरिद गर्न सक्ने पनि बताए । ‘मन्त्रालय र विभागका महानिर्देशकले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट गराउन सक्छ । एक तहमाथिका कर्मचारीलाई जानकारी दिन सक्छ,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्दैन । सचिवलाई रिपोर्टिङ गर्छ ।’ उनले स्वास्थ्य सामग्री खरिदमा कसैले एक रुपैयाँ अनियमितता गरेको छ भने पनि छानबिन गरेर कारबाही गर्ने बताए ।

(Visited 108 times, 2 visits today)
Loading comments...

आजको समाचार

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी

  बुटवल । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन क्षेत्रमा धक्का

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै बुधबार ‘ट्राभल एड्भाइजरी’...

ट्रेन्डिङ

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ ।...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

‘संक्रमितलाई हेलिकोप्टर लिफ्ट गरेर भए पनि अस्पताल पु-याउनू’

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित भएका ग्रामीण परिवेश र विकट ठाउँका व्यक्तिको परीक्षण र उपचारका लागि हेलिकोप्टरबाट एयरलिफ्ट गरेर भए पनि अस्पताल पु¥याउन...

बलात्कार अभियोग लागेका एसएसपी अधिकारीमाथि फेरि म्याद थप

पोखरा । बलात्कार अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीको दोस्रो पटक थप ७ दिन म्याद थपिएको छ । घटनाको अनुसन्धानका...

कोरोना संक्रमणले विश्वभर ७९ नेपालीको मृत्यु, छ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणले हिजो शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य...

उपत्यकाको ट्राफिक व्यवस्थापनको बृहत् कार्ययोजना अलपत्र

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि लकडाउन अगाडि नै ल्याएको बृहत् कार्ययोजना अलपत्र परेको छ । सरकारी उदासीनता र ढिलासुस्तीले कार्ययोजना कार्यान्वयन...

आवश्यकताको पहिचान र राष्ट्रिय योजना आयोग

नेपालमा राष्ट्रिय विकास एवं समुन्नतिका लागि आवश्यक राष्ट्रिय योजना तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको व्यवस्था छ । यो आयोगले राष्ट्रिय आवश्यकताको पहिचान गरी...

भीरबाट लडेर पेट फुट्दा आमा र गर्भेशिशुको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी...

सुन्दर यातायातले पुरानै भाडामा यात्रु चढाउने, मास्क पनि दिने

काठमाडौं । सुन्दर यातायात प्रालिले मंगलवारदेखी आफ्नो सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमण सुरु हुनु अगाबै सवै यात्रुको ज्वरो परिक्षण गरेर यात्रु चढाउने...

कतै विद्युत, कतै दियोले पसल र घर खरानी

राजविराज । लक्ष्मीपुजाको मध्यरात कतै विद्युत सर्ट भई त कतै दियोबाट सल्केको आगोबाट आगलागी हुँदा सप्तरीमा आधा दर्जन पसल र घर खरानी भए । आगलागीबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)