८४ जना चलचित्रकर्मीले गरे रक्तदान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र दिवस’को अवसर पारेर चलचित्र विकाश बोर्डले आइतबार रक्तदान कार्यक्रम आयोजना ग¥यो । चाबहिल स्थित चलचित्र विकास बोर्डकै प्रांगानमा आयोजित सो कार्यक्रममा चलचित्र क्षेत्रका सबै जसो संघ संस्थाका पदाधिकारीहरूले प्रतिनिधित्व गरेका थिए ।

समारोहमा ८४ जना चलचित्रकर्मीहरूले रक्तदान गरे । एक सय भन्दा बढीले रक्तदानको लागि नाम टिपाएको भए पनि केहीले उच्च तथा कम रक्तचापका कारण रक्तदान गर्न नपाएको बोर्ड सदस्य गणेश प्रसाद सुवेदीले जानकारी गराए ।

रक्तदान कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले चलचित्रको प्रवर्धन र नीति निर्माणसँगै अब चलचित्र विकास बोर्ड सामाजिक कार्यमा पनि त्यत्तिकै जुट्ने बताए । सोही अभियान अन्तर्गत बोर्डले रक्तदान कार्यक्रम आयोजना गरेको पनि उनले प्रकाश पारे ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीसहित चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाका अध्यक्षहरूले बोर्डबाट सामाजिक कार्य हुन चलचित्रकर्मीका लागि गौरवको कुरा भएको बताए । बोर्डको यस्ता सामाजिक कार्यहरूमा आफूहरूको सधैँ साथ रहने प्रतिबद्धता पनि उनीहरूले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल