‘मुगलान’को टिजरमा वैदेशिक रोजगारी पीडा

काठमाडौं । नयाँ चलचित्र ‘मुगलान’ निर्माण भएको छ । निर्देशक शिव रेग्मीले यही नाममा २० वर्ष अघि ‘मुगलान’ चलचित्र निर्माण गरेका थिए । रिहान प्रोडक्सनको ब्यानरमा यस पटक फेरी निर्माण भएको ‘मुगलान’को निर्माण पक्षले आइतबार टिजर सार्वजनिक गरेको छ ।

आर्थिक अभाव झेलेका एक युवाले परिवारलाई सुखमा राख्न मजदुरी गर्न भारत पुग्दा भोग्नु परेको समस्यालाई टिजरमा देखाइएको छ । यो भारत केन्द्रित वैदेशिक रोजगारमा केन्द्रित छ । चलचित्र ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने यसका निर्देशक आशिष् ढकालले राजधानीलाई बताए ।

आगामी १० पुसबाट प्रदर्शनमा आउने यो चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), रश्मि भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको अभिनय रहेको छ ।

‘मुगलान’मा तारा थापा ‘किम्भे’को सम्पादन, जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन, किरण भुसालको संगीत, देवेन्द्र कुँवरको नृत्य निर्देशन, अजय रेग्मीको छायांकन र आर आर फिल्मको वितरण रहेको छ । आशिष् ढकालकै लेखन रहेको यो चलचित्रका निर्माता गोमन सिंह हुन् भने यसको सह निर्मातामा रिता चौधरी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल