बालकबाट पेस्तोल बरामद

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना बालकलाई चाइनिज पेस्तोल टाइप–५४ सहित पक्राउ गरेको छ ।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरू तोडफोड तथा आगजनीमा संलग्नको खोजतलास गर्ने क्रममा पोखरा–४ डेरा गरी बस्ने ती बालकलाई प्रहरीले पक्राउ गरेको हो । तर, ती १६ वर्षका मात्र भएकाले नामथर खुलाइएको छैन ।

वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको ग्याग्जिन नभएको अवस्थाको सो पेस्तोल बरामद गरिएको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । निज बालकलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने