सिन्धुपाल्चोकमा थपिँदैछ मापदण्ड अनुसारका भब्य क्वारेन्टाइन

मुलुकका विभिन्न भागमा सञ्चालन गरिएका क्वारेन्टाइन मापदण्ड अनुरुप नभएको गुनासो आइरहेको बेला सिन्धुपाल्चोकमा मापदण्ड अनुरुपका क्वारेन्टाइन थपिएको छ, जहाँ काेराेना संक्रमितले सबै सुविधा पाउनेछन्

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना भाइरस(कोभीड १९) को संक्रमण बढ्दै जाने संकेत देखिएपछि क्वारेन्टाइनको संख्या बढाइने भएको छ ।

सरकारी स्तरबाट सञ्चालित तीन वटा क्षेत्रीय क्वारेन्टान्नमा समेत विरामीहरुलाई राख्न समस्या भएपछि अरु थप क्वारेन्टाइन स्थापना गरिने भएको हो ।

सरकारले जारी गरेको क्वारेन्टाइन सञ्चालन सम्बन्धी मापदण्ड अनुसार यस अघि जिल्लामा तीन क्षेत्रलाई लक्षित गरेर तीन वटा क्षेत्रीय क्वारेन्टाइन सञ्चालन गरिएको थियो । तर यो संख्याले मात्रै अपुग भएपछि क्षेत्रीय स्तरका अरु पनि क्वारेन्टाइन थप गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

यस अघि मेलम्ची,लामोसाँघु र चौतारमा क्षेत्रीय स्तरका क्वारेन्टाइनहरु सञ्चालनमा थिए । जिल्लामा कोरोनाको संक्रमण फैलीने सकेत देखिएपछि सुविधासम्पन्न क्वारेन्टाइनको संख्या थप गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
भोटेकोशी,त्रिपुरासुन्दरी,लिसंखुपाखर,सुनकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका स्थानीयमा कोरोना आशंका भएमा उनीहरुलाई राख्नका लागि सुनकोशी गाउँपालिकाका ग्रामीण महिला सिर्जनसिल परिवारको भवनमा क्षेत्रीय क्वारेन्टाइन स्थापना गरेर हाल सञ्चालन भइरहेको छ । अब यो क्वारेन्टाइनले मात्रै अपुग भएपछि अर्काे पनि क्षेत्रीय क्वारेन्टाइन स्थापना गर्न लागिएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

क्षेत्रीय स्तरको क्वारेन्टाइनमा सरकारी मापदण्ड अनुसार नै सञ्चालनमा ल्याइने तयारी स्थानीय सरकार र जिल्ला स्तरीय क्वारेन्टाइन सञ्चालन समितिले गरेको छ । सुनकोशी गाउँपालिका–७ मा रहेको सेतीदेवी शारदा माविको भवनमा एक सय बेड क्षमताका क्वारेन्टाइन स्थापना गर्न लागिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

विद्यालयमा स्थापना हुने क्वारेन्टाइनका लागि बलेफी,सुनकोशी,लिसंखुपाखर,भोटेकोशी र त्रिपुरासन्दरीका साथै बाह्रविसे नगरपालिकाका कोरोना आशंकीत विरामीहरुलाई राखिने अध्यक्ष जिसीले जानकारी दिए । क्वारेन्टाइन स्थापनाका लागि पहिलो चरणमा सबै स्थानीय सरकार सँग भएका बेडहरुलाई एकतित्र गरेर प्रयोगमा ल्याउने जिल्ला स्तरीय क्वारेन्टाइन सञ्चालन समितिले निर्णय गरेको छ ।

क्षेत्रीय स्तरको क्वारेन्टाइनमा सरकारी मापदण्ड अनुसार नै सञ्चालनमा ल्याइने तयारी स्थानीय सरकार र जिल्ला स्तरीय क्वारेन्टाइन सञ्चालन समितिले गरेको छ

क्षेत्रीय क्वारेन्टाइनका लागि छ वटै स्थानीय सरकारले पहिलो चरणमा दुइ/दुइ लाख रुपियाँ सहयोग गर्ने र उक्त रकम सुनकोशी गाउँपालिकाका खातामा जम्मा गरेर त्यहीबाट खर्च गरिने गरेर निर्णय गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिए ।

सेतीदेवी शारदा माविमा सञ्चालन हुने क्वारेन्टाइनको व्यवस्थापनका लागि सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीको संयोजकत्वमा मुल निर्देशक समिति गठन गरिएको छ । समितिमा ६ वटै स्थानीय सरकारका प्रमुखहरु सदस्य रहने व्यवस्था भएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । यस अघि पनि सिर्जनशिल परिवारको भवनमा सञ्चालन भएको क्षेत्रीय स्तरको क्वारेन्टाइका लागि सबै स्थानीय सरकारले ५/५ लाख सहयोग गरेका थिए ।

यस अघि सञ्चालनमा आइरहेको मेलम्चीमा स्थापना भएको क्षेत्रीय क्वारेन्टाइनमा मेलम्ची नगरपालिका,हेलम्बु,इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकाका कोरोना आशंकाका विरामीलाई राखिने गरिएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपलिका र जुगल गाउँपालिकाका विरामीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेलचौरमा स्थापना गरिएको क्षेत्रीय क्वारेन्टाइनम राखिने गरेको छ ।

सिन्धुपाल्चोकमा क्षेत्रीय स्तरमा तीन सहित विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर ६१ स्थानमा ५ सय २६ बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा रहेका छन् । त्यस्तै सात स्थानमा ३५ बेड क्षमताको आइशोलेसन वार्डहरु रहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या ५३ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी