काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले भट्टचनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भन्दै हिरासतमुक्त गर्न राय दिएपछि उनी छुटेका हुन् ।
भट्टचनलाई हिरासतमा राख्न म्याद थप गर्नुअघि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको थियो ।
सरकारी वकिलको कार्यालयले प्रहरीले पटकपटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि अभियोग पुष्टि हुने आधार ल्याउन नसकेको भन्दै ‘हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै अदालतमा म्याद थपका लागि लैजान नपर्ने’ राय दिएको हो । सरकारी वकिलको कार्यालयको रायपछि प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो ।
प्रभु म्यानेजमेन्ट प्रालि र सहकारी संस्थाहरूसँगको कारोबारमा उनको कुनै संलग्नता नदेखिएको समेतका आधारमा हिरासतमा राख्नु नपर्ने निष्कर्षमा सरकारी वकिलको कार्यालय पुगेको हो ।
प्रभु मनी ट्रान्सफरबाट प्रभु म्यानेजमेन्टलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी गरिसकेको बैंक स्टेटमेन्टलगायतका कागजातसमेत पेस भएको देखिएका कारण पनि भट्टचनविरुद्ध थप प्रक्रिया अघि बढाउनु नपर्ने सरकारी वकिलको रायमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टचनलाई गत ११ कात्तिकमा नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
मधेश प्रदेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीहरुको आन्दोलन, सेवाग्राही समस्यामा
कोप–३० : ‘बलियो एजेन्डा’ उठाउन ‘कमजोर टोली’
प्रतिनिधिसभा विघटनमा अन्तरिम आदेश अस्वीकार
वर्षातको परवाह नगरी तारियो दर्जन फूलको डोली
स्थानीय सत्तामा भत्तादेखि प्याड खरिदसम्ममा भ्रष्टाचार
पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने
खड्का र शाक्यका कारण भारतबाट आयात हुने विद्युत् महँगो: प्राधिकरण
पहिलो वरीयताका कार्की प्रहरी प्रमुख






