लिभरकुसेनको सहज जित

म्युनिख । बायर लिभरकुसेनले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । लिभरकुसेनले वेर्डेर ब्रेमेनमाथि ४–१ को सहज जित निकालेको हो । लिभरकुसेनको जितमा केइ हाभर्टजले दुई तथा मिचेल विसेर र किरिम डिमिरवेले समान १ गोल गरे । ब्रेमेनका थियोडर जिब्री सिलासीले सान्त्वना गोल फर्काए ।

सोमबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा हाभर्टजको गोलमा पाहुना टोली लिभरकुसेनले खेलम अग्रता बनाएको थियो । तर, लिभरकुसेनको त्यो अग्रता लामो समय टिकेन । ३०औं मिनेटमा सिलासीले बराबरी गोल फर्काए । ३३औं मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गरेपछि लिभरकुसेनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा लिभरकुसेनले थप दुई गोल गर्दै ३ अंक जोड्न सफल भए । ६१औं मिनेटमा विसेरले तथा ७८औं मिनेटमा डेमिरवेले गोल गर्दै लिभरकुसेनलाई ४–१ को सहज जित दिलाए । दोस्रो हाफमा घरेलु टोलीको प्रदर्शन फितलो बन्यो । जितसँगै लिभरकुसेन २६ खेलबाट ५० अंक जोडेर पाँचौ स्थानमा यथावत् रहेको छ । पराजित व्रेमेनलाई रेलिगेसनको डर बढेको छ । ब्रेमेन २५ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी