‘दे दे प्यार दे २’ अग्रिम बुकिङबाट अजय निराश

मुम्बई । अजय देवगनको नयाँ रोमान्चक, हास्य प्रधान चलचित्र ‘दे दे प्यार दे २’ यही शुक्रवार (आज)बाट विश्वव्यापी चलचित्र घरमा रिलिज हुँदै छ । तर अभिनेता अजय आफैँ यति बेला उत्साहित छैनन् ।

यो चलचित्रको अग्रिम टिकट बुकिङको तथ्यांक अपेक्षा गरेको भन्दा धेरै कम भएपछि अजय निराश भएका हुन् । यदि यही अवस्था जारी रह्यो भने चलचित्रको व्यापार राम्रो नुहने वितरण पक्षले जनाएको छ ।

चलचित्र ‘दे दे प्यार दे २’ सन २०१९ को चलचित्र ‘दे दे प्यार दे’ को सिक्वेल हो । पहिलो चलचित्रमा अजय देवगन र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको थियो । जसमा तब्बु पनि प्रमुख भूमिकामा थिइन् ।

चलचित्र ‘दे दे प्यार दे २’को कथा पनि अघिल्लो सिक्वेलको अन्तिमबाट सुरु हुने बताइएको छ । यस पटक, अजय देवगन र रकुल प्रीत सिंहसँगै, आर. माधवन, मीजान जाफरी, जावेद जाफरी, गौतमी कपूर र इशिता दत्ता यसको मुख्य भूमिकामा छन् ।

चलचित्र व्यापार समीक्षा अनलाइन ‘स्याकनिल्क’को रिपोर्ट अनुसार, ‘दे दे प्यार दे २’ ले अग्रिम बुकिङबाट मात्र २.४ करोड कमाएको छ । यसमा ब्लक–बुक गरिएका सिटहरू पनि समावेश छन् । कुल ४ हजार ७२५ सोहरूको लागि बिहीबार मध्यान्नसम्म केवल १६,७७२ टिकटहरू बिक्री भएको पनि सो अनलाइनले जनाएको छ । चलचित्र रिलिज हुन एक दिन मात्र बाँकी रहँदा यति थोरै टिकट बिक्री हुनले चलचित्रको व्यापार संकटमा देखिएको सो अनलाइनले उल्लेख गरेको छ ।

जबकि ‘दे दे प्यार दे’ ले सन २०१९ मा आफ्नो सुरुवाती दिनमा ८.५ करोड रुपैयाँ कमाएको थियो । यो कमाई त्यति बेला धेरै प्रभावशाली मानिएको थियो । यद्यपि, दोस्रो भागको अग्रिम बुकिङ हेर्दा, यो पहिलो भागको कमाइको रेकर्ड तोड्ने सम्भावना कम देखिन्छ । मिडिया रिपोर्टका अनुसार ‘दे दे प्यार दे २’ करिब १०० करोड रुपैयाँको लागतमा तयार भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने