डिजिटल वालेट प्रयोग गरी वित्तीय ठगी धन्दा संचालन

वीरगन्ज । प्रविधिको गलत प्रयोग गरी ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न तीन अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आवश्यक कार्वाही प्रकृया अगाडी बढाएको छ । डिजिटल वालेट प्रयोग गरी (अनलाईन स्क्याम) संचालन गरी ठगी तथा अवैध वित्तीय कारोबार गर्ने तीन अभियुक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गर्दै तथ्य सार्वजनिक गरेको हो ।

३ अभियुक्त पक्राऊ

पक्राउ पर्ने बाराको विश्रामपुर गाउँँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगंज महानगरपालिका–२९ मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह र सोहि ठाँउका १४ वर्षीय नाबालक पक्राउ परेका छन् । अभियुक्तहरु नेपालमा बसी विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभनमा पार्ने मात्र नभई एआइको प्रयोग गरी मोबाइलबाट भुक्तानी दिएजस्तो गरी भौचरमात्र सो गरेर जिन्सी सामान आफ्नो कब्जामा लिने खेलमा समेत सकृय देखिएको पर्साका प्रहरी उपरिक्षक सुदिपराज पाठकले बताए ।

ठगी कार्यमा संलग्न हरुले सर्वसाधारणलाई झुक्याई प्रलोभनमा पारी ‘मनी मोल एकाउण्ट’ खोलाई सो खातामा सामाजिक मिडिया प्लाटफर्म मार्फत फिसिङ्ग, ओटीपी फ्रड, जब स्क्याम, तथा फेक अनलाईन बिजनेश जस्ता विभिन्न सामानको अर्डर बिल बनाई ठगी गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । यो चक्करमा सूर्य नेपाल जस्तो वीरगन्जका प्रतिष्ठित व्यापारिक घरानाका व्यक्ति पनि ठगिएको प्रहरीले खुलासा गरेको छ ।

कात्तिक २६ गते १२ बजे वीरगन्ज महानगरपालिका–८ स्थित प्रभु अस्पताल अगाडी सडकखण्डमा केही गिरोहले विभिन्न व्यक्तिहरूलाई अवैध तरिकाले प्रलोभनमा पारी फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत अनलाईन खाता खोल्ने, फिसिङ्, ओटिपी फ्रड, जागिर दिने, अनलाइन व्यवसायी लगायतका गतिविधि सञ्चालन गर्दै आएको भन्ने सूचना पछि प्रहरी सकृय हुँदा तथ्य हात परेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले विभिन्न व्यक्तिको बैंक खाता र अन्य डिजिटल वालेट प्रयोग गरी १० करोडभन्दा बढिको अबैध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको पनि पर्साका प्रहरी उपरिक्षक पाठकको तर्क छ । प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड समेत बरामद गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले पनि जनाए ।

पक्राउ परेका व्यक्तिहरूलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । यसको लिंक सिधा सीमा पारी कट्कोले त्यसको नेटवर्कको ’boutमा पनि अझ अनुसन्धन भइरहेको पर्सा प्रहरीले खुलासा गरेको छ ।

नेपालका केही व्यक्ति परिचालन गरी मुख्य कर्ता उता बसेर डिजिटल वालेट प्रयोग गरी ठगीको नेटवर्किङ्ग संचालन गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट देखिएको पर्सा प्रहरीले तथ्य सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने