आन्तरिक पर्यटकको रोजाइमा पर्दै चन्द्रमुखी ताल

धनगढी । कैलालीको धनगढीमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । धनगढी उपमहानगरपालिका–७ को मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो ।

पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । धनगढी–७ देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दूरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन् । तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ । बोटिङ, घुमफिर गर्न र तालको बीच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ ।

१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफल रहेको यस तालमा पर्यापर्यटनसम्बन्धी गतिविधि सञ्चालनका लागि मनहेरा सामुदायिक वन उपभोक्ता समूहले वनकै उपभोक्ता लोकेन्द्र विष्टलाई ठेक्कामा दिएको छ । सामुदायिक वनको भेलाले गरेको निर्णयअनुसार ठेक्कामा ताल दिएको मनहेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष मोती रानाले बताए ।

तालवरिपरि ब्लक राखेर पदमार्ग बनाइनुका साथै तालको बीच भागमा जानका लागि पुल निर्माण गरिएको छ । राष्ट्रपति चुरे संरक्षण बोर्ड र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइबाट बजेट माग गरेर ताल वरिपरि व्यवस्थापन गरेको अध्यक्ष रानाले बताए ।

सरकारको २० प्रतिशत र आफ्नो व्यक्तिगत ८० प्रतिशत लगानीमा व्यवस्थापन र संरचना निर्माण गरेर तालमा पर्यापर्यटनको गतिविधि अगाडि बढाएको सञ्चालक विष्टले बताए । उनले आठ महिनासम्म वनसम्बन्धी ऐन र नियमावली अध्ययन गरेर मात्रै आफूले यसमा हात हालेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई