सरुवा रोक्नु पर्ने प्रमुख मागसहित खानेपानी संस्थानमा तालाबन्दी

राजविराज । कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने प्रमुख माग राख्दै यहास्थित खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरिएको छ ।

जेनजी समूहको अगुवाईमा आइतबार उक्त कार्यालयमा तालाबन्दी गरिएको हो । जेनजी समूहका अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा पुगेको टोलीले बिहान ११ बजेतिर तालाबन्दी गरेका छन् । जसकारण कार्यालयको दैनिक कामकाज प्रभावित बनेको छ ।

जेनजी अगुवा आलमले संस्थानबाट दिइने सेवाहरु कुशलतापूर्वक प्रदान गरिरहेको निमित्त कार्यालय प्रमुख राजाराम यादवको अन्यत्र सरुवा गरिएकोले सो सरुवा रोकिनु पर्ने तथा सुधारका अन्य मुद्दाहरु सम्बोधनका लागि दबाब दिने उद्देश्यले तालाबन्दी गरिएको बताएका छन् । उनले निमित्तका ठाउँमा अर्का निमित्त कार्यालय प्रमुख नै राख्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

यादवको सरुवा संस्थानलाई कमजोर बनाउने खेल भएको उनको दाबी छ । कार्यालय प्रमुख यादवको सरुवा रोक्नुका साथै संस्थानबाट दिइने सेवाहरुमा थपबिस्तार र सुधारका लागि यस अघि शुक्रबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री, खानेपानी मन्त्रालय तथा नेपाल खानेपानी संस्थान केन्द्रिय कार्यालयमा ज्ञापनपत्र पठाएर ध्यानाकर्षण गराउदा पनि कुनै पहल नभएकाले तालाबन्दी गर्नु परेको जेनजी समूहका अगुवाहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल