बुटवलकी रक्षा बनिन मिसेस नेपाल वल्ड २०२५

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२५’को शीर्ष उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । शनिवार राती काठमाडौँको पुलिस क्लवमा सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितिन् । यो सँगै उनले अमेरिकामा आगामी वर्ष हुने ‘मिसेस वल्र्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर, स्कुटर र विभिन्न उपहार प्राप्त गरिन् ।

सोही प्रतियोगितामा सञ्जु भट्टले ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’को उपाधि हासिल गरिन् भने दीपिका तामाङले ‘एमएस नेपाल इन्टरनेशनल’ को उपाधि जितिन् । यी दुबै विजेता सिंगापुरमा २०२६मा आयोजना हुने ‘मिसेस इन्टरनेशनल’ र ‘एमएस इन्टरनेशलन’मा नेपालको तर्फबाट सहभागी हुने छन् ।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगितामा विद्या चौहान फस्ट रनर अपका साथमा भ्युवर्स च्वाईस, एलिना केसी सेकेन्ड रनर अप, निर्मला सुनुवार थर्ड रनर अपको उपाधि हासिल गर्न सफल भए । समारोहमा अन्य उपाधि तर्फ ‘पब्लिक च्वाइस’को उपाधि करुणा श्रेष्ठले, ‘मल्टिमिडिया भ्वाइस’को उपाधि अरुणा लामाले, ‘हेल्दी स्किन’ तारा खनालले, ‘बेस्ट क्याटवाक’ सुम्निमा खापुङले, ‘बेस्ट स्माइल’ बिनिता अधिकारीले र ‘मस्ट डिसिप्लेन’को उपाधि विष्णु भण्डारीले हासिल गरे । यस्तै ‘मस्ट फ्रेन्डली’ कुसुम खड्का, ‘मस्ट ट्यालेन्ट’ कञ्चन झा, ‘मिसेस इको फ्रेन्डली’ कल्पना बिष्ट, ‘ब्युटी विथ कम्प्यासन’ शुभाना रोक्का, ‘बेस्ट पर्सनालिटी’ इमायुं राई, ‘बेस्ट फिजिक’ सुमिना महर्जन, ‘राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी’ गंगा लामिछाने र ‘मेनेजमेन्ट च्वाइस’को उपाधि सजनी जोशीले हासिल गरे ।

सोही समरोहमा अभिनेत्री पूजा चन्दलाई ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२५’ बाट सम्मानित गरियो । साँढे ३ दशकदेखि चलचित्रमा योगदान दिएबापत उनलाई सम्मानित गरिएको आयोजक निशु कान्त झाले कार्यक्रममा बताए ।

मिसेस नेपाल वल्र्ड २०२५ को कोरियोग्राफरमा अश्विनी कान्त झा र डान्स कोरियोग्रारमा सन्दीप भुजेल थिए । विभिन्न मनोरञ्जक कार्यक्रम सहित भएको सो ग्राण्ड फिनालको निर्णायकहरुमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता सरोज खनाल, गजित बिष्ट, अभिनेत्री शनि रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, फोटोग्राफर राजभाई सुवाल र जनरल फिजिसियन डा. कर्ट थिए ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की