मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा

काठमाडौँ। मधेश सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौँ दिन पनि मधेश भवन अगाडि धर्ना बसेका छन् ।

नेपाली काँग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एक सातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सात दलीय गठबन्धनको माग छ ।

यस्तै उनीहरू सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि पनि महाभियोग लगाएर सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह