सुन चोरेको आरोप लागेका घर्ती धरौटीमा रिहा, विश्वकर्मा पुर्पक्षका लागि थुनामा

लमजुङ । लमजुङमा हालै घटेको एक सुन चोरी काण्डमा मुछिएर चोरीको आरोप लागेका व्यक्ति राजन घर्ती धरौटीमा रिहा भएका छन् । तर त्यो सुन किन्ने व्यक्ति महेश भुजेल भने पुर्पक्षका लागि थुनामा चलान भएका छन् । सो घट्ना लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार क्षेत्रमा भएको हो ।

लमजुङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले त्यस्तो आदेश दिएको हो । सरकार वादी रहेको उक्त चोरी मुद्दामा अभियोग लागेका सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार घर भएका व्यक्ति राजन घर्तीले महेश भुजेलको तीन लाख २४ हजार १९७ रुपैयाँ बारबरको सुनाका गहना गत भदौ १७ गते चोरी गरेको जाहेरीमा उल्लेख छ ।

सो सुन सुन्दरबजार नगरपालिका– ९ मा स्थायी ठेगाना भई हाल काठमाडौंमा सुन व्यापार गर्ने दिनेश विश्वकर्माले खरिद गरेको खुल्न आएको छ । जिल्ला अदालतले दिनेश विश्वकर्मालाई … विकले जिल्ला अदालतमा दिएको बयानमा जमानतमा सुन लिएको भनेता पनि अनुसन्धान अधिकारीले लिएको बयानमा किनेको स्वीकार गरेको र उक्त सुनको विल नभएको भनेको र मिसिलमा समेत संलग्न नदेखिएको हुँदा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताए । उनका अनुसार सुन चोरेको अभियोग लागेका राजन घर्ती दुई लाख धरौटी राखेर तारेखमा रिहा भएका छन् ।

उनका अनुसार ‘पछि प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरी, मुलुकी फौजदारी संहिता २०७४ को दफा ६२ र ७० बमोजिम प्रतिवादी राजन घर्तीबाट दुई लाख रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत माग गरी दिइ तारेखमा राख्नु’, जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘र प्रतिवादी दिनेश विश्वकर्मालाई मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने प्रयोजनार्थ सोही संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न कारागार कार्यालय, तनहुँमा पठाइदिनु भनि सोही संहिताको दफा ७९ बमोजिम आदेश दिइएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल