राजविराज । सप्तरीको राजविराज नगरपालिका ११ फर्सेठकी १२ वर्षिया प्रतिक्षा देव घरबाट निस्केको १२ औं दिनसम्म पनि फर्केकी छैनन ।
सम्पर्कविहिन भएको सोमवार १२ औं दिन पुगी सक्दा पनि न भेटिदा परिवारजन चिन्तामा डुबेका छन । राजविराज २ स्थित लिटील फ्वावर सेकेन्डरी स्कुलमा कक्षा ८ मा अध्यनरत प्रतिक्षा गत असोज २४ गते विहान ५ बजे देखी सम्र्पक विहीन छन ।
प्रतिक्षाका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराइ खोज तलाश गर्दा पनि कुनै कतै सुराक नभेटिएपछि २ दिन अघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बुआ भुपेन्द्र प्रसाद देवले बताए ।
आफुहरु तथा प्रहरीले खोजतलास गरिरहेकै वेला सोमवार राजविराज नगरपालिका ६ थानगाछी टोलमा डेरा लिई वस्ने २२ वषिय अमित यादवले अज्ञात स्थलबाट छोरी संगैको फोटो फेसबुकमा सार्वजनिक गरेपछी आफु चकित परेको उनले सुनाए ।
उनले जिल्ला प्रहरी कार्यालयमा दिएको अर्काे उजुरीमा यादवले प्रलोभन र प्रेम जालमा फसाएर नाबालिग छोरीलाई भगाएको उल्लेख गरेका छन ।
“छोरी संगै वसेको तस्बिर अमितले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि छोरीको शकुशल उद्धार र यस्ता गलत कार्यमा संंलग्न अमितलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै थप उजुरी दिएका छौं” बुआ भुपेन्द्रले भने–उमेर न पुगेकी नाबालिगलाई प्रेमजालमा फसाउँने अनि भगाएर लाने प्रवृति रोक्न पनि भगाउने केटामाथी कारवाही हुनु पर्छ ।
उक्त प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक प्रमोद कुमार साहले प्रतिक्षा र अमितको हुलिया सहितको सम्पुर्ण विवरण अन्य प्रहरी कार्यालयहरुमा समेत पठाई व्यापक रुपमा खोजी कार्य भइरहेको बताए । यस क्रममा नावालिग भगाउने अमितका आमासंग पनि सोधपुछ गरी आवश्यक जानकारी लिने काम भएको उनको कथन छ ।
जिल्लामा समाजिक सञ्जाल फेसबुकबाट प्रेममा फस्ने युवायुवतीको संख्या बढ्न थालेको छ । तर १२ वर्षको कलिलो उमेरमा कुनै किशोरी यसरी फेसबुक मार्फत प्रेम सम्बन्धमा जोडिएको र भागेको घटना सम्भवत जिल्लाकै पहिला घटना हो । यस्तो घटनाले समाजमा सनसनी फैलाएको स्थानीयवासीहरुको भनाई छ ।






