काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट मंगलबार बिहानदेखि ह्याक भएको छ, जसका कारण राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवाहरू अवरुद्ध छन्। ह्याकरले विभागको एडमिन सिस्टममा पहुँच भएको र सम्पूर्ण डाटामा पहुँच जमाएको दाबीसमेत गरेको छ।
‘नेपाली फर नेपाल’ नाम प्रयोग गर्ने समूहले वेबसाइट ह्याक गरेको दाबी गर्दै आफूलाई ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’को रूपमा जनाएको छ। उक्त समूहले नागरिक बचाउ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइटमा आक्रमण भएको पुष्टि गरेका छन्। उनका अनुसार हाल साइट बन्द गरी प्राविधिक टोलीले पुनःसञ्चालनका लागि काम गरिरहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)






