विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिँदै ‘यशोधरा’

भोजपुर । भोजपुरमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई अभ्यासमूलक प्राविधिक शिक्षा जोड दिन थालेका छन् । राज्यको नीति अनुसार यहाँका विद्यालयहरुले कृषिलगायत विषयमा अभ्यासमूलक ज्ञान दिन थालेका हुन् ।

भोजपुर नगरपालिका १२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयले लिजमा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक ज्ञान प्रदान गर्दै आएको छ । यहाँका कक्षा ९ देखी कक्षा १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थी अभ्यासमूलक व्यवहारिक शिक्षणमा जोड दिएको हो ।

विद्यालय नजिकै १५ रोपनी लिजमा जग्गा लिएर विद्यार्थी आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको विषयमा ज्ञान सीप प्रदान गर्ने काम भईरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए । विद्यार्थी सैद्धान्तिक ज्ञान मात्र भन्दा पनि जीवन उपयोगि सीप प्रदान गर्ने लक्ष्यले अभ्यासमार्फत शिक्षण गराउने गरेको उनको भनाइ छ ।

‘हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षण सिकाईमा जोड दिएका छौँ’प्रधानाध्यापक रेग्मीले भने,‘अहिले आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन गरी सकेपछि कुनै न कुनै कृषि उद्यममा जोडिन सकुन भन्नको लागि अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ ।’

शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको प्रधानाध्यापक रेग्मीले बताए ।

विगतमा राज्यबाट सञ्चालन भएको पढदै ‘कमाउदै कार्यक्रम’ निकै उपयोगि भएपनि हाललाई त्यो कार्यक्रम हटाइएकोले विद्यार्थी मारमा परेको उनको भनाइ छ । राज्यले यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिनु पर्ने प्रधानाध्यापक रेग्मीले जानकारी दिए ।

शिक्षालाई सीप जोड्नेको लागि विद्यालयले जोड दिएको प्राविधिक शिक्षामा जोड दिएको हो । कृषि विषय पढीरहेको विद्यार्थीले कक्षा ९ देखी कक्षा १२ सम्म कृषि सम्वन्धि १६ वटा विषय अध्ययन गरिरहेको विद्यालयका वाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिइन् । कृषि अन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी कक्षा ९ बाट नै प्रवेश गर्नु पर्ने उनले बताइन् ।

विद्यालयले सञ्चालन गरिहेको बालीविज्ञान व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाबाट धान, मकै, विभिन्न जातका तरकारी खेती, च्याउ खेती, मौरीपालन, माछापालनलगायतको ’boutमा ज्ञान दिने गरिएको छ । त्यस्तै विद्यार्थीलाई जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग किरा, उपचार पद्धतीको विषयमा पनि अभ्यास गराएर नै सीप दिने गरिएको प्रशिक्षक गिरीले बताए ।‘हामीले विद्यार्थीलाई सवै खालका खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ’उनल भनिन्,‘विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा जीवनयापन गर्न सक्षम हुन् भन्ने हाम्रो लक्ष्य हो ।’

आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ अध्ययनरत छात्रा विविहाङ्मा राईले बताए । विद्यालयमा अभ्यासका माध्यमबाट शिक्षण हुने भएकोले सीपआर्जन गर्न सहजता रहेको उनको भनाइ छ । वि.स. २०७४ सालबाट बाली विज्ञान व्यवहारिक शिक्षा सुरुवात गरिएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने