कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं । कोरोनाबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन् । केही दिनअघि आमाको निधन भएपनि शिशुमा भने कोरोना संक्रमण देखिएको थिएन ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेका सिन्धुपाल्चोक मेलम्चीका खतिवडाले शिशुको लागि सो सहयोग रकम आज बैंकमा जम्मा गरेका हुन् । हाल अस्पतालमै रहेको शिशुको पौष्टिक आहार र हेरचाहमा सहयोग पुगोस् भनेर उनले ५१ हजार १ सय ५१ रूपैयाँ बैंक खातामा जम्मा गरेको बचाए ।

यसअघि सिन्धुपाल्चोकका पुर्व सांसद, कांग्रेस नेता मोहन बस्नेतले ५० हजार सहयोग गरेका थिए । खतिवडाले कोरोनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा