दोहोरो तयारीमा एमाले, अनिर्णयको बन्दी कांग्रेस

काठमाडौं । जेनजी आन्दोलनको प्रभावले सत्ताबाट बहिर्गमन भएका विघिटित प्रतिनिधिसभाका पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा एमाले आगामी निर्वाचनको तयारीमा भने आफ्नै शैलीमा तयारीमा लागेका छन् ।

तत्कालीन सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आफ्नो आन्तरिक राजनीतिक सुदृढीकरणका लागि समानान्तर ढंगले आन्तरिक राजनीतिक तथा संसदीय तयारीको रणनीति बनाइरहेको छ । तत्कालीन सरकारको साझेदार नेपाली कांग्रेस भने आन्तरिक राजनीति तथा संसदीय तयारीका हिसाबले अनिर्णयको बन्दीजस्तै भएको छ ।

जेनजी आन्दोलनपछि बसेको केन्द्रीय कार्यसमितिको बैठक महिनौसम्म चल्दा पनि निष्कर्ष निकाल्न सकिरहेको छैन भने महिनौसम्म विवादैविवादका बीचमा चलेको बैठक रोकेर गुटगत एवं समूहगत छलफलसमेत चलिरहेको छ ।

२८ असोजदेखि बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुनः बस्दै छ । १५औं महाधिवेशन, २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन, जेनजी आन्दोलनसहित पछिल्लो राजनीतिक अवस्थाका ’boutमा छलफल गरिरहेको कांग्रेसको यो बैठक बिनानिष्कर्ष अझ लम्बिने संकेत देखिएको छ ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बैठक लम्बिए पनि मुलुक, जनता र पार्टीलाई सही ट्र्याकमा ल्याउनेगरी निर्णय गरेर जनताका बीचमा पुग्ने बताए । पार्टीको महाधिवेशनदेखि निर्वाचन, जेनजी आन्दोलनलगायतका महŒवपूर्ण विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठक लम्बिँदै गएको उनले बताए । ‘बैठक लम्बिँदै गयो, यसबीचमा चाडपर्व पनि प¥यो, दुई केन्द्रीय सदस्यको निधन पनि यहीबीच भयो, बैठकमा महŒवपूर्ण प्रस्तावका ’boutमा गम्भीर छलफल भएकाले सबै केन्द्रीय सदस्यले बोल्नुपर्ने, आफ्नो धारणा राख्नुपर्ने लगायतका विविध कारणले पनि बैठक लम्बिँदै गएको हो,’ सहमहामन्त्री मन्सुरले राजधानीसँग भने ।

जेनजी आन्दोलनमा घाइते भएका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिँदै उपचारका लागि सिंगापुर गएका थिए । १८ दिन लामो सिंगापुर बसेर २८ कात्तिकमा नेपाल फर्किए पनि देउवाले नेताहरूसँग आन्तरिक छलफल गरिरहेका छन् ।

बैठकमा २१ फागुनको निर्वाचन पछि कि अघि १५औं महाधिवेशन गर्ने ? भन्ने ’boutमा दुई थरीका प्रस्ताव आएका छन् । यस्तै, निर्वाचन अघि नै नियमित महाधिवेशन नगरे ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन गर्नुपर्ने दबाबमा नेतृत्व रहेको छ ।

सभापति देउवा, कार्यवाहक सभापति खड्का समूहका नेताहरू २०८३ वैशाखको अन्तिम साता महाधिवेशन गर्नुपर्ने अडानमा छन् । तर, डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा रहेका छन् । उनीहरू निर्वाचनअघि नै नियमित महाधिवेशन नगरी महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन बोलाउनुपर्नेमा अडिग छन् ।

कांग्रेसभित्र अर्को रोचक विषय भने निर्वाचन अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षकै २४ केन्द्रीय सदस्यले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने भन्दै बैठकबाटै निर्णय गरेर कार्यवाहक सभापति खड्कालाई ज्ञापनपत्र नै बुझाएका छन् ।

गुटगत छलफलमा हुने निष्कर्षबाट कोही पनि नेताहरू पछाडि हट्न तयार नहुँदा बैठक अनिर्णयको बन्दी बनेको हो । मंगलबार शेखर, गगन, विश्वप्रकाशहरूको भेटघाट भएको थियो । तीनै जना नेताले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने, यदि यसो गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्नेबाट पछाडि नहट्नेमा प्रतिबद्ध छन् ।

जेनजी आन्दोलनका क्रममा निजी निवासमा तोडफोड र आगजनी भएपछि चुनदेवीस्थित भाडाको घरमा बस्दै आएका देउवाले पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरूसँग भेट गरेका छन् ।

दोहोरो तयारीमा एमाले
विघटित संसद्को दोस्रो ठूलो दल तथा तत्कालीन सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने संसदीय राजनीतिमा दुई निसाना एकैपटक ताकिरहेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन वा विघटित प्रतिनिधिसभा पुनःस्थापना जे हुँदा पनि आफू बलियो हुनेगरी एमाले दोहोरो तयारीमा जुटेको हो । मंसिर अन्तिम साता हुने पार्टीको ११औं महाधिवेशनका नाममा एमालेले वडा तहसम्मको पार्टी पंक्तिलाई एकसाथ चलायमान बनाएको छ ।

जेनजी आन्दोलनपछि आक्रामक रूपमा अगाडि बढिरहेको एमालेले बुधबार काठमाडौंमा जनप्रतिनिधिको भेला बोलाएर वडा तहसम्म नै निर्वाचन केन्द्रित अभियान चलाउन निर्देशन दिएको छ ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि कानुनी र सडक आन्दोलन अगाडि बढाउने बताएका ओलीले भित्रभित्रै २१ फागुनमा हुने निर्वाचनको आन्तरिक तयारीमा जुट्नसमेत निर्देशन दिएका छन् । प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउनेगरी बुधबारदेखि तयारीमा जुट्नुपर्ने भन्दै पार्टी पंक्तिको निर्णायक परीक्षा आएकाले कसैलाई पनि छुट नहुने निर्देशन दिएका छन् ।

जनप्रतिनिधिसहितको भेलामा ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग मागसमेत गरेका छन् । उनले बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । ओलीले अहिलेको सरकारले धेरै धाक र धक्कु लगाउने गरेको भन्दै आलोचा गरे । ‘दुर्गा प्रसाईंले एउटा भिडियो निकालिदिए, दिउँसो भिडियो निस्कियो, मध्यरातमा गएर समातिए, म सोध्न चाहन्छु, यो सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन ?’ ओलीले भने । मानवअधिकार आयोगले समेत बोलेबापत थुन्नुहुँदैन भनिसकेको बताउँदै प्रसाईको रिहाइका लागिसमेत ओलीले माग गरे ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने