जनकपुर । मधेश प्रदेशमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएर सभामुख भएका सभामुख रामचन्द्र मण्डललाई संसद्को बैठकले पदमुक्त गरेको छ । मण्डलविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतबाट पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।
जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए । पाँच दल एक ठाउँ उभिएपछि एमालेबाट निर्वाचित सभामुख पदमुक्त भएका हुन् ।
मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ जनाको मत परेको थियो । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुई तिहाइ पुग्न ७२ मत आवश्यक हुन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)






