मुम्बई । बलिउडमा धेरै सफल अभिनेताहरू चलचित्रमा अभिनय गर्ने क्रममा चलचित्रको प्राविधिक पक्ष’bout जानकार थिए । किनकि उनीहरूले आफ्नो चलचित्र करियर सहायक निर्देशकको रूपमा सुरु गरेका थिए । यसरी उनीहरूले सहायक निर्देशक भएर विभिन्न चलचित्रहरूमा काम गरेपछि अभिनयमा फडेको मारे । जो आज बलिउडमा स्टार अभिनेताको रूपमा लोकप्रिय छन् । सहायक निर्देशकको रूपमा बलिउडका दिग्गज निर्देशकहरूसँग काम गर्ने अवसर पाएका उनीहरूले सोही क्रममा आफ्नो क्षमता देखाएर अभिनेताको रूपमा काम गर्ने अवसर पाए । तिनै अभिनेताहरूको ’boutमा यहाँ चर्चा गरिएको छ ।

ऋतिक रोशन
बलिउड स्टार बन्नु अघि, ऋतिक रोशन आफ्नो बुबा र काकाको सहयोगी थिए । उनले आफ्नै गृह ब्यानरमा निर्माण गरिएको चलचित्रमा सुरुमा क्यामेराको पछाडि बसेर सह निर्देशकको रूपमा काम गरे । उनी नायकको रूपमा चलचित्रमा आउन चाहन्थे । तर बुबा राकेश रोशनले सहायक निर्देशकको रूपमा सुरुमा एक÷दुई वटा चलचित्रमा काम गरेपछि अभिनयमा आउन सहज हुने सुझाव दिए । सोही सुझाव अनुसार चलचित्र ‘करण अर्जुन’, ‘कोयल’मा ऋतिक रोशनले सहायक निर्देशकको रूपमा काम गरे । त्यसपछि ऋतिकलाई गृह ब्यानरबाटै निर्माण भएका चलचित्र ‘कहो ना प्यार है’मा सन २००० मा शीर्ष भूमिकाबाट अभिनेताको रूपमा बलिउडमा डेब्यू गराइयो । पहिलो चलचित्र नै सुपर हिट भएपछि उनीको अभिनय यात्रा निकै राम्ररी अघि बढ्यो । जसका कारण उनी निर्देशनबाट नायक बन्न सफल भए ।

रणवीर कपूर
अर्का बलिउड स्टार रणवीर कपूरले पनि आफ्नो चलचित्र यात्रा सहायक निर्देशनबाट सुरु गरेका हुन् । उनलाई पनि बुबा एवम् बलिउड अभिनेता ऋषि कपुरले चलचित्रमा नायक बन्नको लागि सह निर्देशन भएर काम गर्न सुझाव दिएका थिए । त्यसपछि रणवीरले ‘ब्ल्याक’मा सह निर्देशनको जिम्मेवारी पुरा गरे । तर पनि वुवालाई चित्त बुझेन । त्यसपछि उनले ‘आ अब लौट चलेन’ चलचित्रमा सहायक निर्देशकको रूपमै काम गरे । सो क्रममा उनले चलचित्र निर्माणको ’boutमा धेरै कुरा सिक्ने अवसर पाए । सहायक निर्देशक भएर चलचित्र’bout पर्याप्त अनुभव बटुलेपछि बल्ल वुवाबाट उनले अभिनय गर्ने अनुमति पाए । त्यसपछि उनी अभिनयमा प्रवेश गरे । रणवीर कपुरले पहिलो चलचित्र ‘सावरिया’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछिबाट उनले हालसम्म थुप्रै सफल चलचित्रहरू बलिउडलाई दिइसकेका छन् ।

वरुण धवन
बलिउडका अर्का अभिनेता वरुण धवन त्यहाँका चर्चित निर्माता निर्देशक डेभिड धवनका छोरा हुन् । उनले उनलाई आफूलाई नायक बनाउन वुवालाई कर गरेनन् । उनी नायक बन्नु अघि चलचित्रमा सहायक निर्देशनमा थिए । वरुणले सुरुमा निर्देशक करण जोहरसँग सन २०१०मा चलचित्र ‘माई नेम इज खान’ मा सहायक निर्देशकको रूपमा काम गरे । यो चलचित्रमा सहायक निर्देशन भएर काम गर्दा उनले सेट, निर्देशन र अभिनेताहरूको ’boutमा ज्ञान प्राप्त गरे । त्यसपछि उनले अर्को चलचित्र ‘स्टुडेन्ट अफ द इयर’बाट अभिनेताको रूपमा बलिउडमा डेब्यु गरे । उनलाई यो चलचित्रमा निर्देशक करणले नै नायकको रूपमा अवसर दिएका थिए । उनको अभिनयको पहिलो चलचित्र नै बक्स अफिसमा सुपर हिट भएपछि वरुण नियमित रूपमा चलचित्र अभिनयमा अघि बढे । उनले थुप्रै सफल चलचित्र दिइसकेका छन् ।

सिद्धार्थ मल्होत्रा
अभिनेता वरुण धवनसँगै अर्का अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो चलचित्र करियर क्यामेराको पछाडि बसेर सहायक निर्देशकको रूपमा सुरु गरेका थिए । वरुणसँगै सिद्धार्थले पनि ‘माई नेम इज खान’ मा सहायक निर्देशकको भएर काम गरेका थिए । उनले पनि सो क्रममा अभिनयसँगै चलचित्र निर्माण र निर्देशनको अनुभव संगाल्ने अवसर पाए । त्यसपछि सिद्धार्थले पनि चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ बाट नायकको रूपमा आफ्नो अभिनय करियर सुरु गरेका हुन् । यो चलचित्र सुपर हिट भएपछि सिद्धार्थले ‘मरजावां’ र ‘एक भिलेन’सहित थुप्रै हिट चलचित्र दिइसकेका छन् ।

जुनैद खान
गत वर्ष रिलिज भएको सफल चलचित्र ‘महाराज’बाट जुनैद खानले मुख्य नायकको रूपमा बलिउडमा डेब्यु गरेका हुन् । उनले सन २०२२ मा चलचित्र ‘जल्सा’मा सह अभिनेताको भूमिका निर्वाह गरेका थिए । सो चलचित्रमा उनको अभिनय मन परेपछि ‘महाराज’मा जुनैदले मुख्य भूमिका पाएका हुन् । आमिर खानको जेठा छोरा जुनैदले पनि चलचित्रमा सहायक निर्देशनबाट यात्रा सुरु गरेका हुन् । तर उनले आफ्नो वुवासँग चलचित्रमा नायक बन्छु भनेर कहिल्यै पनि प्रस्ताव राखेनन् । उनी चलचित्रमा काम गर्नु अघि नाटकका उम्दा निर्देशक तथा कलाकार थिए । सन २०१४ मा चलचित्र ‘पिके’को सहायक निर्देशन गरेका जुनैद पनि सहायह निर्देशनबाट अभिनेताको रूपमा बलिउडमा आएका हुन् । उनको यो वर्ष नयाँ चलचित्र ‘लभयापा’ रिलिज भएको छ भने अर्को चलचित्र ‘मेरे राहो’ रिलिजको संघारमा छ ।






